काठमाडौं । बंगलादेशले पहिलो पटक यू १९ विश्वकप उपाधि जितेको छ ।
दक्षिण अफ्रिकामा भएको आइसीसी यू १९ विश्वकप २०२० को फाइनलमा चार पटकको च्याम्पियन भारतलाई पराजित गर्दै बंगलादेश च्याम्पियन बनेको हो ।
वर्षाले प्रभावित खेलमा बंगलादेशले भारतलाई डकवर्थ लेविस (डिएल) मेथ ८ को आधारमा तीन विकेटले पराजित गरेको हो ।
भारतले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ४१ ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो ।
जसका कारण डिएल मेथडमा बंगलादेशले जितको लागि ४६ ओभरमा १ सय ७० रन बनाउनु पर्ने भयो । सोही लक्ष्य बंगलादेशले ४२.१ ओभरमै ७ विकेट गुमाएर भेट्टायो र उपाधि जित्यो ।