मंसिर ०६, २०८१, बिहीबार
               

नेपाल फेरि ओमानसँग पराजित

नेपाल फ्ल्यास
माघ २६, २०७६

ADVERTISEMENT

काठमाडौँ । नेपालले २ सय ५० रनको राम्रो लक्ष्य प्रस्तुत गरे पनि नेपालले घरेलु मैदानमा ओमानसँग लगातार दोस्रो हार बेहोरेको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो। गत बुधबार पनि पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रन जोडेको थियो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन जोडे।

जवाफी ब्याटिङ गरेको ओमानले निर्धारित लक्ष्य १७ बल बाँकी छँदै पूरा गर्यो। उसका लागि अकिब अलयासले सतकीय पारी खेले। अकिबले १ सय ८ रन जोडे। 

ओमानले भने आफ्नो तीनै खेलमा जित हात पारेको छ। दुई खेल नेपालमाथि जित हात पारेको ओमानले दोस्रो खेलमा पनि अमेरिकालाई पराजित गरेको थियो । यसले ओमानको खेल स्तर उक्लिएको संकेत गर्छ।

आजको खेलमा विकेटको खडेरी पर्दा नेपालले नतिजा आफ्नो पक्षमा पार्न सकेन। ११.२ ओभरमा बल्ल नेपालले पहिलो विकेट हात पार्यो। कुशल मल्लले जतिन्दर सिंहलाई बोल्ड गरे। त्यतिञ्जेल ओमानले ४९ रनको साझेदारी गरेको थियो।

साझेदारी ब्रेक गरेपछि नेपालले बलिङलाई लयमा ल्याउन सकेन। नेपालले दोस्रो विकेट हात पार्न अर्को ७ ओभर संघर्ष गर्नुपर्यो । १८।५ ओभरमा सुसन भारीले खवार अलीलाई प्याविलियनको दिशा देखाए। त्यसपछि नेपालले थप विकेट हात पार्न सकेन।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो। गत बुधबार पनि पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो।

जितसँगै ओमान आफ्नो समूहको शीर्ष स्थानमा उक्लेको छ।


कस्तो लाग्यो ?

यो पनि