मंसिर ०६, २०८१, बिहीबार
               

आइसीसी विश्वकप लिग २ मा नेपाल विजयी, अमेरिका ३५ रन पराजित

नेपाल फ्ल्यास
माघ २५, २०७६

ADVERTISEMENT

 काठमाडौँ । आईसीसी विश्वकप लिग २ मा नेपालले अमेरिकालाई ३५ रनले हराएको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार भएको एक दिवसीय खेलमा नेपालले अमेरिकाविरुद्ध रनको लक्ष्य दिएको थियो । नेपालले ४ बल बाँकी हुँदा सबै विकेट गुमाएको थियो ।

जवाफमा अमेरिका  ४४ दशमलव १  ओभरमा अलआउट हुन पुग्यो । नेपालका लागि करण केसीले ४ र सुमन भारीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट चटकाए ।

खेलमा नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरेका थिए । 

पाँच विकेट जाँदा ४९ रनमा खुम्चिएको नेपालको स्कोर सुधार्न विनोद र कुशलले ८४ रनको साझेदारी गरे । विनोदले ५९ रन र कुशलले ५० रनको महत्त्वपूर्ण योगदान दिएका थिए । 

ओपनर सुवास खकुरेल ३, ज्ञानेन्द्र मल्लले २१ रन र पारस खड्का १९ रन बनाएर आउट भए ।त्यसपछि दीपेन्द्र सिंह ऐरी डकआउट भए भने आरिफ शेख पनि चलेनन् । उनले मात्र दुई रन बनाए ।

त्यसपछि करण केसी १२ रन बनाए भने सन्दीप लामिछाने खाता नखोली आउट भए । नेपालका लागि सुशन भारीले ११ रन बनाए ।

बलिङतर्फ अमेरिकाका क्यामरुन स्टेभेन्सनले तीन विकेट लिएका थिए ।

ब्याटिङतर्फ अमेरिकाले पनि सुरुवातदेखि नै खराब खराख खेल खेल्यो । सुरुवाती चार खेलाडी कोही पनि दोहोरो अंक नजोडी बाहिरिएका थिए । पाँचौ क्रमका ब्याट्सम्यान इयान हल्यान्डले सर्वाधिक ७५ रन बनाए ।


कस्तो लाग्यो ?

यो पनि