काठमाडौं । विश्व भलिबलको सर्वोच्च निकाय अन्तराष्ट्रिय भलिबल महासंघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरीयतामा महिला भलिबलले उच्च स्थान हासिल गरेको छ ।
पछिल्लो वरीयतामा नेपालको राष्ट्रिय महिला भलिबल टिम ८७ औं स्थानमा छ ।
महिला टिमले यस बर्ष एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि जित्नुका साथै सागमा ऐतिहासिक रजत पदक हात पारेको थियो । सोही नतिजाका आधारमा महिला भलिबल टिमले विश्व वरियतामा उच्च स्थान हासिल गर्न सफल भएको हो ।
नेपाल भलिबल संघका अनुसार विश्व वरीयतामा नेपाली भलिबल पहिलो पटक समावेश भएको हो ।
गत बर्ष नेपालको पुरुष टिमले एसियन गेम्स खेले लगत्तै एभिसीको वरियतामा नेपाल १५ औं स्थानमा पर्न सफल भएको थियो ।
तर, एफआइभिबीले सार्वजनीक गरेको वरियतामा पुरुष टिम १ सय ३८ औं स्थानमा छ ।