एटलेटिको स्पेनी सुपरकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनालाई ३-२ को हार चखाउँदै एटलेटिको फाइनल पुगेको हो ।
साउदी अरेबियामा भइरहेको प्रतियोगिताको खेलको अन्तिम १० मिनेटसम्म बार्साको हार अकल्पनीय जस्तै भइसकेको थियो । तर अन्तिममा एटलेटिकोले आफ्नो कौशल देखायो । उसले अन्तिम ९ मिेनेटमा २ गोल गरेर २-१ गोलको पराजित अवस्थालाई ३-२ को विजयी स्थितिमा पुर्याएको हो ।
पहिलो हाफ गोलरहित बराबरी रहेकोमा दोस्रो फाफमा कोकेले एटलेटिकोलाई अग्रता दिलाएका थिए । तर त्यसलगत्तै बार्सिलोनाका लागि लियोनल मेसी र एन्टोन ग्रिजमनले गोल गरी आफ्नो टिमलाई अग्रतामा पुर्याए ।
एटलेटिकोका अल्भारो मोराटाले टिमले पाएको पेनाल्टीलाई गोलमा परिणत गरे । त्यसपछि एन्जेल कोरेआले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरे ।
एटलेटिकोले फाइनलमा रियल म्याड्रिडको सामना गर्नेछ ।