मंसिर ०६, २०८१, बिहीबार
               

आर्मीसँग एपिएफ १०८ रनले पराजित

नेपाल फ्ल्यास
पुस २०, २०७६

ADVERTISEMENT

सुनसरी । मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ । सुनसरीको इनरुवामा आज भएको खेलमा आर्मीले अर्को विभागीय टिम एपीएफलाई एक सय आठ रनको फराकिलो अन्तरले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४६ ओभरमा दुई सय ८१ रनमा अलआउट भयो । आर्कीको उच्च स्कोरमा कुशल मल्लले एक सय ११ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै अनिल मण्डलले ४१ र राजेश पुलामीले ३८ रन बनाए ।

बलिङमा एपीएफका बसन्त रेग्मीले चार विकेट लिएका थिए ।

उच्च चुनाैती पाएको एपिएफ ३९ ओभरमै अलआउट भयो । पृथु बास्कोटाको सर्वाधिक ३६ रनसहित एपिएफले १ सय ७३ रनमात्र बनायो । 

उसका लागि शंकर रानाले ३२ तथा सुमित महर्जन र सन्दीप जोराले २३–२३ रन बनाए । अरु ब्याट्सम्यान भने चलेनन् । आर्मीका साहब आलमले चार विकेट लिए ।


कस्तो लाग्यो ?

यो पनि