मंसिर ०६, २०८१, बिहीबार
               

सन्तोषीले जितिन् कीर्तिमानी स्वर्ण

नेपाल फ्ल्यास
मंसिर १७, २०७६

ADVERTISEMENT

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सकाे १० हजार मिटर दौडमा सन्ताेषी श्रेष्ठले कीर्तिमानी स्वर्ण पदक पदक जितेकी छन् । याे खेलकुदकाे १२ औँ संस्करणसम्म कुनै नेपाली महिला खेलाडीले एथ्लेटिक्समा स्वर्ण पदक जितेका थिएनन् ।  मंगलबार भएको प्रतिस्पर्धामा सन्तोषीले १० हजार मिटरको दूरी ३५ मिनेट ०७.९४ सेकेण्डमा पूरा गरेर स्वर्ण जितेकी हुन् ।

उनले भारतकी कविता यादवलाई ०.०१ सेकेण्डले पछि पार्दै स्वर्ण जितेकी हुन् । श्रीलंकाकी निलान्थी लंकाले ३५ मिनेट ५९.०२ सेकेण्डको समयमा दौड पूरा गरेर काश्य पदक हात पारिन् ।

स्वर्ण पदक जितेकी सन्तोषी धादिङकी खेलाडी हुन् । उनले प्रदेश तीनबाट खेल्ने गरेकी थिइन् । विभागीय टोलीमा नरहेकी उनले आठौँ राष्ट्रिय खेलकुदमा पनि १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् । जितपछि सन्तोषीले निकै खुशी लागेको बताएकी छन् । उनले जितको श्रेय प्रशिक्षक रघुराज वन्तलाई दिइन् ।

उहाँकै मार्ग दर्शनमा मैले यो सफलता पाएकी हुँ ,’  उनले भनिन्, ‘रघु गुरुकै मार्गदर्शन पछ्याएर यहाँसम्म आएकी हुँ । उहाँकै प्रशिक्षणले मलाई सफल बनायो । यस्तै राष्ट्रिय टिमका प्रशिक्षकप्रति पनि आभारी छु ।’
स्वर्ण पदकको खुशी परिवारका सदस्य तथा शुभचिन्तकहरुसँग साटासाट गरेको उनले बताइन् । अब अझै मेहनत गर्न आफूलाई उर्जा मिलेको पनि उनले बताइन् ।


कस्तो लाग्यो ?

यो पनि