मंसिर ०६, २०८१, बिहीबार
               

रंगशालामा प्रहरीको ज्यादती, दर्शक र पत्रकार कुटिए

नेपाल फ्ल्यास
मंसिर २४, २०७६

ADVERTISEMENT

काठमाडौः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मङ्गलबार हुने पुरुष फुटबलको फाइनल तथा समापन समारोहको टिकट किन्न बिहानै दशरथ रंगशाला पुगेका दर्शकले प्रहरीको कुटाइ खानुपरेको छ । प्रहरी ज्यादतीको फोटो खिच्ने पत्रकारसमेत विवेकशून्य क्रुध प्रहरीद्वारा घाइते बनाइएका छन् ।

नेपाल र भूटानबीच हुने फुटबलको फाइनलको सबै टिकट बिक्री भएको र फाइनल हेर्न नपाइने भनेर निरास र आक्रोशित बनेका केही दर्शक दशरथ रंगशालाभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूमाथि कुटपिट गरेको हो । यतिसम्म कि प्रहरीले एक जनालाई घेरा हालेर कुटेको थियो ।

रङ्गशाला अगाडि रहेको ब्लुक्रस अस्पताल अगाडि प्रहरीले कुटपिट गरेको दृष्य क्यामेरामा कैद गर्न खोज्ने सञ्चारकर्मीमाथि पनि प्रहरीले हातपात गरेको छ । डिएसपी रुगम कुँवरको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार सुमन चापागाइँमाथि भिडियो खिचेको भन्दै हातपात गर्दा उनको कानमा चोट लागेको छ ।

भिडियो खिचेको भन्दै चापागाइँमाथि जाइलागेको प्रहरीले उनको छातीमा लात्ताले हिर्काउनुको साथै कुटपीट गरेको थियो । घाइते भएका पत्रकार चापागाइँको राष्ट्रिय खेलकुद परिषद्स्थित खेलाडीको स्वास्थ्य परीक्षण गर्ने स्थानमा उपचार भइरहेको छ ।

त्यस्तै, अन्य पत्रकारलाई पनि प्रहरीले फोटो खिचेको भन्दै क्यामरा फुटाउने धम्की दिएको थियो ।

पत्रकारसमेत घाइते हुँदापनि काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने बल प्रयोग नगरिएको दाबी गरे । ‘टिकट पाइएन भनेर आएकालाई हट्नुस् भन्दा हटेनन् । त्यसपछि ठेलठाल गरेर हटाइएको हो । बल प्रयोग गरेको छैन’, उनले भने ।


कस्तो लाग्यो ?

यो पनि