बैशाख ३०, २०८१, आइतबार
               

खेलकुदमा नेपाल: आर्थिक अवस्थाका कारण कीर्तिमानी खेलाडी साग छाडेर विदेशतिर

नेपाल फ्ल्यास
मंसिर १४, २०७६

ADVERTISEMENT

काठमाडौं : हामीले लामो समयदेखि सुन्दै आएका हौँ–नेपालमा खेलाडीको भविश्य छैन । रा्रमो खेल खेल्नसक्ने खेलाडी पनि आर्थिक अवस्थाका कारण पलायन हुनुपर्ने अवस्था छ । यसलाई अझ प्रष्ट गरेको छ । यसपटकको दक्षिण एसियाली खेलकुद (साग)ले । सागको प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो । सबैलाई काठमाडौंको होटलमा राखेर सिकाइँदै थियो । तीमध्ये कीर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन् । ‘मन्दिर जान्छु’ भन्दै झिसमिसेमै निस्किएकी उनी जहाज चढेर कतार पो पुगिछन् ।

राष्ट्रको जर्सी लगाएर अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्नु हरेक खेलाडीको धोको हुन्छ । त्यसमाथि सागजस्तो ठूलो अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्ने सपना साँचेर थुप्रै खेलाडी दिनरात मैदानमा पसिना बगाउँछन् । वर्षौं कठोर परि श्रम गर्छन् । सबैको सपना पूरा हुँदैन । तर, मुखैमा आएको १३ औं सागको तयारीमा रहेकी तुलसाको गरिबी बाध्यतालाई सम्भावित पदकले रोक्न सकेन ।

सागमा नेपालले पदकको आशा गरेका खेलाडी हुन्, तुलसा । अघिल्लो महिना चीनको उहानमा आयोजित सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा उनले महिला ४ सय मिटर दौडमा १० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन् । सुर्खेत घर भएकी तुलसाले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत दाङमा भएको ४ सय मिटर दौडमा पनि स्वर्णपदक जितेकी थिइन् ।

यसपालिको सागमा उनले ४ सय मिटर दौड, ४ सय मिटर रिले र ४ सय मिटर हर्डल्समा प्रतिस्पर्धा गर्ने तय थियो । ‘प्रतियोगिताको मुखैमा हामी सबैलाई ढाँटेर विदेश भागिन्’, एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङले अन्नपूर्ण पोस्ट्सँग भने, ‘उनीबाट हामीले गतिलो आशा गरेका थियौं । यो घटनाले हामी स्तब्ध छौं ।’


गुरुङका अनुसार तुलसा पूजा गर्न मन्दिर जान्छु भन्दै बिहान ५ः३० बजे होटलबाट बाहिरिएकी थिइन् । ‘होटलका गार्डलाई उनले पूजा गर्न मन्दिर हिँडेको भनेर ढाँटिछन्’, उनले भने, ‘हातमा पूजाको थाली पनि बोकेकी रैछन् ।’

प्रशिक्षणस्थलमा नपुगेपछि उनको खोजी भयो । तर, मन्दिर जान्छु भनेकाले कसैले खासै वास्ता गरेनन् । दिउँसोसम्म पनि सम्पर्कमा नआएपछि मात्र गम्भीर रूपमा उनको खोजी हुनलेको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ ।

तुलसाका प्रशिक्षक राकेश वज्राचार्यले उनी प्रशिक्षणमा उपस्थित नभएको जानकारी सम्बन्धित अधिकारीहरूलाई गराएका थिए । त्यसपछि उनका साथीहरूसँग सोधखोज हुँदा तुलसा वैदेशिक रोजगारीका लागि सुटुक्क कतार हिँडेको पत्ता लागेको थियो । तुलसाले विभागीय टोली त्रिभुवन आर्मी क्लबका तर्फबाट प्रतियोगिता खेल्दै आएकी थिइन् ।

उनले कतारका लागि बिहान ९ः३० बजे बोर्डिङ पास लिएको पाइएको प्रमुख प्रशिक्षक गुरुङले बताए । 
 


कस्तो लाग्यो ?

यो पनि