जेठ ०१, २०८१, मंगलबार
               

के छानोबिनाको दशरथ रंगशालामा होला साग उद्‍घाटन समारोह?
ढुवानीमा ५० लाख खर्च तर आइपुग्यो काम नलाग्ने छानो

नेपाल फ्ल्यास
मंसिर ०३, २०७६

ADVERTISEMENT

काठमाडौः १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन हुने दशरथ रंगशाला निर्माणमा समस्यामाथि झन् समस्या थपिएको छ । उद्धाटन समारोहलाइ भव्य बनाउन हतार हतारमा चीनबाट ५० लाख रुपैयाँ अतिरिक्त खर्च गर्दै विमान चार्टर नै गरेर ल्याइएको छानासमेत ‘डिजाइन’भन्दा ठूलो परेको छ ।

यही मंसिर १५ गते त्यही रंगशालामा उद्घटन हुने साग सुरू हुन १२ मात्र दिन बाँकी हुँदासम्म छाना हाल्ने काम सुरु हुन नसक्नुमा नेपाली र चाइनिज ठेकेदारबीच तालमेल नमिल्नु कारण रहेको छ । त्यसमा नेपाली खेल अधिकारीहरूको पापरवाही थप जम्मेवार बनेको छ । जसले गर्दा उद्घाटनको पूर्वाभ्याससमेत हुन पाएको छैन ।

स्रोतका अनुसार कात्तिक २९ गते राति नै छाना नेपाल आइपुगेको हो। तर पनि ‘डिजाइन’ अनुसार नमिल्ने छाना आएकाले काम हुन सकेको छैन। जसले निर्माणाधिन दशरथ रंगशालामा उद्घाटन समारोह अयोजना गर्न सकिने सम्भावनालाइ नै लगभग समाप्त पारेको छ । स्रेतका अनुसार कदंकदाचित उद्घाटन समारोह त्यही रंगशालामा गरिए निकै आलोचना व्यहोर्नुपर्ने बताउँछन् ।

‘नेपाली ठेकेदारले भिआइपी छानाको डिजाइन बनाउन नसकेपछि भारतीय इन्जिनियर ल्याएर डिजाइन गरिएको थियो। भारतीय डिजाइनरले बनाएको छानाको नाप नेपाली ठेकेदारले चाइनिज कम्पनीलाई पठाएको थियो। तर दुइ कम्पनीबीच तालमेल नमिल्दा यत्रो खर्च सित्तैमा बढ्ने भो’ स्रोतले भन्यो।
छाना हाल्न ढिलो भएकाले चीनबाट नेपालसम्म छाना ल्याउन ५० लाख रुपैयाँमा विमान चार्टर गरिएको थियो। जुन साग आयोजनाको लागतभन्दा अतिरिक्त भार हो ।

ठूलो छानालाई काटेर मिलाउन पनि नमिल्ने भएकाले अब प्याराफिटमा राखिएका फलामको स्वरुप परिवर्तन गर्ने तयारी थालिएको छ। ‘अब छानालाई काट्ने कुरा पनि भएन। छाना अनुसारको फलामलाई काट्ने काम भइरहेको छ। अब फलामलाई नै गाँसेर भए पनि ठूलो बनाएर छाना हाल्नु पर्ने भयो,’ स्रोतले भन्यो।

नेपाली ठेकेदार कम्पनी एचपिसी र चाइनिज कम्पनी सिएनइबीच भाषाको समस्या हुँदा यस्तो भएको बताइएको छ। ‘छाना ठूलो आएको र काम अड्किएको कुरा पनि चीनबाट इमेल आएपछि मात्रै थाहा भएको हो’ स्रोतले भन्यो। साग सुरु हुन १२ दिन बाँकी छ । रातदिन काम गर्दा पनि १० दिन अगावै छाना हाल्न असम्भव रहेको स्रोत बताउँछ ।


कस्तो लाग्यो ?

यो पनि