बैशाख ३१, २०८१, सोमबार
               

नेपालको शर्मनाक अवस्था, रंगशाला अभावले नेपालमा हुने खेल भुटानमा !

नेपाल फ्ल्यास
कात्तिक २१, २०७६

ADVERTISEMENT

काठमाडौं : जति नै ठूला गफ गरे पनि । पाँचै विकास क्षेत्रमा रंगशाला बनाउने भने पनि । खेलकुद क्षेत्रलाई माथि पुर्‍याउने चर्का भाषण सुने पनि । कुरा उही हो नेपालमा । 

नेपालमा रंगशाला नभएकै कारण कतारसँग हुने भनिएको फुटबल खेल अन्यत्रै सरेको छ । खेल भुटानमा हुने भएको छ । 

हाम्रा नेताको आत्मविश्वा र योजना भाषणमा निक्कै सुनिन्छ । लाग्छ कि चन्द्रमामा बस्ती नै बसाउँछन् यिनले । तर यथार्थ फरक छ । एउटा रंगशाला बनाउन पनि सक्दैनन् । 

पाँच बर्षपछि दशरथ रंगशालामा फुटबल हेर्न पाउने अवस्थाको आएको थियो । तर अब त्यो सपनामात्र भयो ।

एसियाली फुटबल महासंघ एएफसीका प्रतिनिधिले नेपालमा रंगशालाको मापदण्ड खेलका लागि अपुग भएको रिपोर्ट दिएपछि खेल सरेको हो । अब नेपालमा हुने खेल भुटानमा हुनेछ ।

रंगशालाकै अभावमा आसन्न दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग पनि प्रभावित हुने त होइन भन्ने आशंका जन्मिएको छ । रंगशालामा भिआइपी प्याराफिटको छानो बनाइएको छैन । त्यसका लागि १९ वटा पिलर बनाइसकिएको छैन । पूर्वाधार अभावकै कारण अबको तीन सातामा हुनुपर्ने साग प्रभावित नहोला भन्न सकिन्न ।


कस्तो लाग्यो ?

यो पनि