बैशाख ३१, २०८१, सोमबार
               

चीन भ्रमणबाट फर्किए राप्रपा अध्यक्ष थापा

नेपाल फ्ल्यास
कात्तिक १४, २०७६

ADVERTISEMENT

राप्रपा अध्यक्ष कमल थापा सप्ताहब्यापी चीन भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका छन् ।

आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन अध्यक्ष थापा ८ कात्तिकमा चीन गएका थिए ।

उनी टेनिस प्रतियोगितको पहिलो खेलमा चिनियाँ खेलाडीलाई हराउन सफल भएका थिए । 

दोस्रो खेलमा भने अग्रता कायम रहँदारहँदै खुट्टाको पिडौंला र तिघ्रामा समस्या आई ढाडसम्म समस्या बढेपछि उनले बीचमै खेल छाडेका थिए । 

थापालाई त्रिभुवन विमानस्थलमा राप्रपाका नेता कार्यकर्ताहरुले स्वागत गरेको थिए ।

अहिले अध्यक्ष थापाको स्वास्थ अवस्था सामान्य रहेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि