जेठ ०१, २०८१, मंगलबार
               

साग खेल्ने खेलाडीको भत्ताबृद्धि

नेपाल फ्ल्यास
असोज ०५, २०७६

ADVERTISEMENT

आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बहुप्रतिक्षित कार्यविधि मन्त्रिपरिषद्ले पारित गरेपछि आयोजना तयारीले गति लिने भएको छ ।

यसैबीच सागको कार्यविधि आउन भएको ढिलाइले खेलाडीहरू पनि मारमा परेका छन् । 

कार्यविधिमा सागलक्षित राष्ट्रिय टोलीका बन्द प्रशिक्षणमा रहेका खेलाडीले तीन चरणमा गरी दैनिक क्रमशः २ हजार, २ हजार २ सय र २ हजार ५ सय रुपैयाँ भत्ताको व्यवस्था गरेको छ। कार्यविधि पारित भएको मितिदेखि मात्र खेलाडीले बढेको भत्ता पाउनेछन् । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।


कस्तो लाग्यो ?

यो पनि