बैशाख ३१, २०८१, सोमबार
               

नादेज्दा कप : बदला लिने दाउमा नेपाल

नेपाल फ्ल्यास
भदौ २६, २०७६

ADVERTISEMENT

किर्गीस्तानमा जारी नादेज्दा कप महिाल फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग भिड्दै छ।

खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरु हुनेछ ।

चार राष्ट्र सम्मेलित प्रतियोगितामा उज्वेकिस्तान अपराजित छ । नेपालले भने दुई खेल आफ्नो पक्षमा पारेको थियो ।

प्रतियोगिताको दाबेदार टोली उज्वेकिस्तानले लिग चरणमा २३ गोल गरेको छ । उसले ताजिकिस्तानलाई १२–० ले हराएको थियो । 

विश्व वरियताको ४४औं स्थानमा रहेको उज्वेकिस्तानले नेपाललाई २–० ले स्तब्ध बनाएको थियो भने आयोजक कीर्गिज गणतन्त्रलाई ९–० ले पाखा लगाएको थियो ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेलमा नेपालले बलियो प्रतिद्धन्द्विविरुद्ध उपाधिका लागि प्रतिष्पर्धा गर्ने छ। 

प्रतियोगितामा पहिलोपटक सहभागि नेपाल उत्कृष्ट प्रदर्शन गर्दै फाईनलसम्मको पुगेको हो । 

फिफा बरियतमा नेपाल १ सय १ औ र उज्वेकिस्तान ४४ औ स्थानमा रहेको छ । 

पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जित्ने अभियानमा रहेको नेपाललाई समूह चरणमा उज्वेकिस्तानसँग ब्यहोरेको हारको बदला लिने अवसरका रुपमा समेत आजको खेल रहने छ । 

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजकलाई ८–२ गोलअन्तरले पराजित गरेको थियो । 

समूह चरणको अन्तिम खेलमा ताजकिस्तानलाई १–० ले हराउँदै फाईनल यात्रा तय गरेको थियो । प्रतियोगितामा नेपालकी सावित्रा भण्डारीले ५ गोल गरेकी छिन् । पहिलो खेलमाह्याट्रिक सहित चार गोल गरेकी उनले अन्तिम खेलमा पनि एक गोल गरेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि