बैशाख ३१, २०८१, सोमबार
               

नेपाल आज चाइनिज ताइपेइसँग भिड्ने

नेपाल फ्ल्यास
भदौ २४, २०७६

ADVERTISEMENT

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको छनोटका लागि नेपाली टिम आज चाइनिज ताइपेइसँग भिड्दै छ ।

ताइपेई मुन्सिपालिटी स्टेडियममा हुने खेलमा नेपालले अंक जोड्ने प्रयासमा हुनेछ । नेपालले पहिलो खेलमा कुवेतसँग लज्जास्पद हार व्यहोरेको थियो ।

नेपालले मैत्रीपूर्ण खेलमा ताइपेइलाई १–१ गोलको बराबरी रोकेकोले जित्न सकिनेमा नेपाली खेलाडीको विश्वास छ ।

नेपाली टिमका कप्तान किरण चेम्जोङले ताइपेइविरुद्ध उत्कृष्ट खेल खेल्ने दृढता व्यक्त गरेका छन् । तयारी राम्रो गर्न नपाए पनि खेलाडीहरुले राम्रो खेल्ने र नतिजा पनि राम्रो आउनेमा आफू ढुक्क रहेको उनले बताए ।

कुवेतसँगको पहिलो खेलमा नेपालले ७–० ले पराजित भएको थियो । फिफा वरियतामा ताइपेइ १ सय २५औं स्थानमा रहँदा नेपाल १ सय ६६ औ स्थानमा छ । 


कस्तो लाग्यो ?

यो पनि