बैशाख ३०, २०८१, आइतबार
               

सेरेनालाई झड्का दिँदै वियन्डाले जितिन् युएस ओपन

नेपाल फ्ल्यास
भदौ २२, २०७६

ADVERTISEMENT

युएस ओपन टेनिसको उपाधि क्यानडाकी वियन्का एन्डेस्क्यूले जितेकी छन् ।

आइतबार बिहान भएको फाइनलमा वियन्काले अमेरिकी स्टार खेलाडी सेरेना विलियम्सलाई सोझो सेटमा स्तब्ध बनाएकी हुन् ।

वियन्डा विश्व वरियतामा १५औं स्थानमा छिन् । सेरेना भने आठौं वरीयतामा ।
 
१९ वर्षकी वियन्डाले सेरेनामाथि ६–३, ७–५ को सहज जित हासिल गरिने ।

६ पटककी युएस ओपन विजेता सेरेनाले जमेर खेल्न सकिनन् । ३७ वर्षीया सेरेनाले २३ पटक ग्रान्डसलाम उपाधि जितिसकेकी छिन ।

४० मिनेटमा सेरेनालाई स्तब्ध पार्दा वियन्डाले एक घण्टा ४० मिनेट समय लगाएकी थिइन् । वियन्काले सेरेनाविरुद्धको जित आत्मविश्वासको कारण संभव भएको प्रतिक्रिया दिइन् ।

विश्व स्टार सेरेनाले भने वियन्डाको खेल अविश्वनीय रहेको बताइन् ।


कस्तो लाग्यो ?

यो पनि