बैशाख ३१, २०८१, सोमबार
               

एकदिवसीयमा नेपाल एक स्थान तल, टी २० मा ११औं स्थानमै

नेपाल फ्ल्यास
भदौ ०६, २०७६

ADVERTISEMENT

पछिल्लो समयमा अप्रत्याशित नतिजा निकालेको नेपाल एक दिवसीय बरीयतामा एक स्थान तल झरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को नयाँ बरीयतामा नेपाल तल झरेको हो । आइसिसीले शुक्रवार नयाँ वरीयता सार्वजनिक गरेको हो ।

नयाँ वरीयताअनुसार नेपाल १६ स्थानमा पुगेको छ । नेपालले आठ खेलबाट १९ रेटिङ पाएको छ । बरीयतामा नेपालभन्दा तल संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी छन् ।

विश्व विरयताको पहिलो स्थानमा इङ्ल्यान्ड रहेको छ । त्यसै गरी भारत दोस्रो तथा न्युजिल्यान्ड तेस्रो स्थानमा छन् । अर्को बलियो टिम अस्ट्रेलिया बरीयताको चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।

आइसिसीको टी- २० बरीयतामा भने नेपाल पुरानै स्थानमा रहेको छ । टी- २० मा नेपाल ११औं स्थानमा छ भने टेस्ट मान्यता प्राप्त जिम्बाबे र आयरल्यान्ड नेपालभन्दा तल छन् ।

टी–२० बरीयताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ भने दोस्रोमा इङ्ल्यान्ड, तेस्रोमा दक्षिण अफ्रिका, चौथोमा भारत र पाँचौँ स्थानमा अस्ट्रेलिया छ ।


कस्तो लाग्यो ?

यो पनि