बैशाख ३१, २०८१, सोमबार
               

खेलाडी खरिदमै १९ हजार करोड डलर

नेपाल फ्ल्यास
साउन २५, २०७६

ADVERTISEMENT

युरोपियन फुटबलको प्रतिष्ठित इंग्लिस प्रिमियर लिग (इपिएल) मा खेलाडी खरिदमै १९ हजार करोड डलर खर्च भएको छ ।

प्रतियोगितमा २० टिम सहभागी छन् । हरेक टिमले एक होम र एक अवेको आधारमा दुइ खेल खेल्ने छन् । कुल ३८० खेल हुनेछ ।

समर ट्रान्सफर विन्डोमा इंग्ल्यान्डका क्लबले खेलाडी खरीदमा १९.२ हजार करोड नगद खर्च गरेका छन् । पछिल्लो १६ वर्षमा भएको दोस्रो ठूलो खेलाडीमा खर्च गरिएको कुल रकम हो । २०१७ मा इंग्लिस क्लबले सर्वाधिक १९ हजार ६१६ करोड खर्च गरेका थिए ।

आर्सनलको खर्च सर्वाधिक

लगातार चौँथो वर्ष प्रिमियर लिगका क्लबले १२० करोड डलरभन्दा बढी खर्च गरेको छ । यो सिजन सर्वाधिक बढी २ सय १३९ करोड रुपैयाँ आर्सनलले खर्च गरको छ । बिहीबार ट्रान्सफर विन्डोको अन्तिम दिन क्लबहरूले २३३१ करोड खर्च गर्दे १७ खेलाडी खरिद गरेको हो । क्बलले यसपटक १०१ खेलाडी आफ्नो क्लबमा भित्र्यायो।

ला लिगा सर्वाधिक खर्चिलो लिग

स्पेनिस लिग ला लिगा सर्वाधिक खर्चिलो लिग बन्न सक्ने भएको छ । ला लिगाबाहेक अन्यको ट्रान्सफर विन्डो २ सेप्टेम्बरसम्म रहेको छ । ला लिगामा अहिलेसम्म १५२०० करोड खर्च गरेको छ । जुन प्रिमियर लिगको तुलनामा ४ हजार करोड कम हो । यद्यपि अझै ला लिगाको  खेलाडी ट्रान्सफर समय २२ दिन बाँकी छ। त्यसैले सर्वाधिक खर्चिलो बन्ने संभावना कायम छ । त्यस्तै, इटालीको सlरी एमा १२ हजार ७९३ करोड खर्च हुँदा जर्मन बुन्डेस लिगाका क्लबले ८२७२ करोड रुपैंया खर्च गरे । त्यस्तै फ्रेन्च लिग वानमा ५१२० करोड खर्च गरको छ । 
 


कस्तो लाग्यो ?

यो पनि