बैशाख ३१, २०८१, सोमबार
               

विश्वकपमा श्रीलंका र बंगलादेश आज भिड्दै, दुवैलाई जित अत्यावश्यक

नेपाल फ्ल्यास
जेठ २८, २०७६

ADVERTISEMENT

विश्वकप क्रिकेट अघि बढ्न दक्षिण एसियाली बंगलादेश र श्रीलंका दुवैलाई जित आवश्यक छ । अर्को चरणमा स्थान बनाउने सम्भावना दुवैको कम हुँदै गइरहेको छ ।
म‌ंगलबारको खेल जितेमा विजयी टिमको संभावना जीवन्त हुने भएकोले दुवैका लागि आज गर या मरको अवस्था छ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबार यी दुई टिमबीच प्रतिस्पर्धा हुँदैछ । काउन्टी क्रिकेट मैदानमा अपरान्ह ३:१५ बजे सुरु हुने खेलमा दुवै टोलीले जित्ने दावी गरेका छन् ।

विगतका हेर्दा बंगलादेशको तुलनामा श्रीलंका बलियो छ । सन् १९९६ को विश्वकप जितेको श्रीलंका २००७ र २०११ मा फाइनलमा पराजित भएको थियो । विश्वकपमा छैटौं पटक सहभागी बंगलादेश क्वार्टरफाइनल माथि जान सकेको छैन । यस विश्वकपमा श्रीलंका र बंगलादेश दुवैले तीन तीन खेल खेलेका छन् ।

श्रीलंकाले एक जित र एक हार खेपेको छ । श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले हराएको थियो । श्रीलंका र पाकिस्तानबीचको खेल भने वर्षाका कारण रद्ध भएको थियो ।

बंगलादेशले एक खेलमा जित र दुई खेलमा हार खेपेको छ । बंगलादेशले पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले हराएको थियो । बंगलादेश दोस्रो खेलमा न्युजिल्यान्डसँग दुई विकेट र तेस्रो खेलमा आयोजक इङ्ल्यान्डसँग एक सय ६ रनले पराजित भएको थियो ।

यी दुई देशबीच यसअघि विश्वकपमा तीन पटक भिडन्त भएको थियो । त्यसमा तीनवटै खेल श्रीलंकाले जितेको थियो । श्रीलंका अहिले तीन अंकसहित तालिकाको पाँचौं र बंगलादेश दुई अंकसहित आठौं स्थानमा छन् । दुवै टोलीका लागि अघिल्लो चरणमा पुग्न आजको खेल निकै महत्वपूर्ण छ ।


कस्तो लाग्यो ?

यो पनि