बैशाख ३१, २०८१, सोमबार
               

नेइमारबिनै ब्राजिलले गर्‍यो गोलको बर्षा

नेपाल फ्ल्यास
जेठ २७, २०७६

ADVERTISEMENT

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि गोलबर्षा गरेको छ  । घरेलु मैदानमा आइतबार राति भएको खेलमा ब्राजिलले  होन्डुरसलाई ७–० गोलले हराएको हो ।
ब्राजिलियन स्टार नेइमार भने मैदानमा थिएनन् । घुँडाको चोटका कारण आराममा रहेका नेइमारविनै ब्राजिलले शसक्त प्रदर्शन गरेको हो ।
ब्राजिलको फराकिलो जितमा गाब्रियल जेससले छैटौं र ४७औं मिनेटमा दुई गोल गरे । थिएगो सिल्भाले १३औं, पेनाल्टी मार्फत फिलिप कोउटन्होले ३७औं, डेभिड नेरेसल ५६औं, रोबर्टो फिर्मिनोले ६५औं र रिचालीसनले ७०औं मिनेटमा गोल गरेका थिए ।

२९औं मिनेटमा होन्डुरस १० खेलाडीमा सीमित भएको थियो । होन्डुरसका रोमेल कुइएटो रातो कार्ड पाउँदै बाहिरिएपछि उ खेलभर दबाबमा रह्यो ।
कोपा तयारीका लागि एक सातअघि खेलिएको खेलमा ब्राजिलले कतारलाई २–० गोलले हराएको थियो । सोही खेलमा नेइमारको घुँडाको चोट बल्झिएको थियो । नेइमार अझै चार साता खेल्न सक्ने छैनन् ।

घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिका कपमा ब्राजिलले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्दैछ । यो समूहमा बोलिभिया, भेनेजुएला र पेरु छन् ।

 


कस्तो लाग्यो ?

यो पनि