बैशाख १४, २०८१, शुक्रबार
               

ओझेलमा परेको विराट दरबार र यसको महत्त्व

चेतन खड्का
कात्तिक २१, २०७८

ADVERTISEMENT

विराट राजाको दरबार मोरङको विराटनगर -१८मा अवस्थित छ । यो नेपाल-भारत सीमा नजिक पर्छ । यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सम्भावना बोकेको स्थान हो । विराट दरबार राजा विराटको पालामा बनेको भनेर विभिन्न हिन्दु ग्रन्थहरू उल्लेख गरिएको छ । नेपालको मुख्य सहर विराटनगर पनि विराट दरबारको नामसँग जोडिएर नामकरण गरिएको हो ।

विराट राजाको दरबारले ऐतिहासिक र धार्मिक महत्त्व बोकेको  छ । तसर्थ, नेपाल सरकारले विराट दरबारको संरक्षण र निर्माण गर्न एक अभियानको आयोजना गरेको छ । जसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने विशाल सम्भावना छ । तर अभियानको रूपमा कामको थालिएको भने देखिँदैन । कहिलेकाहीँ पुरातात्त्विक विज्ञहरूको टोलीले यस ठाउँको बारेमा अनुसन्धान गरेको भन्नेसम्म सुन्न पाइन्छ । धार्मिक तथा ऐतिहासिक स्थल भएर पनि यसको प्रवर्द्धनमा राज्य चुकेको छ । यसले शैक्षिक पाठ्यक्रमसमेत ठाँउ पाएको छैन ।

उनले अझै यहाँ इट्टाको टुक्रा र माटोको थुम्को जस्तो भाग रहेको तथा यहाँ रहेको रुखलाई कोट्याउँदा रगत जस्तो पदार्थ निस्किने भए पनि अझैसम्म त्यसको रहस्य नखुलेको बताए ।

राजा विराटको राज्य उत्तरमा धरान विजयपुर (३६६ मिटर उचाइ) बाट दक्षिणमा गंगा नदी (हिन्दु धर्म मान्नेहरूको लागि पवित्र) सम्म फैलिएको भनिन्छ । महाभारतमा यो भागमा पाण्डवहरू गुप्तबास बसेको उल्लेख छ । त्यसैले विराटको दरबार रहेको ठाउँको नाम बेदीयारी पनि भनिन्छ । हाल दरबारको क्षेत्रफल २.५ वर्ग किलोमिटर छ । दरबारको पहिलो खुलासा २०२७ सालमा भएको थियो । महलभित्र ५० कोठाको प्राचीन भवन अझै भूमिगत रूपमा भेटिएको थियो ।

धेरै पहिले १९७३ सालमा एउटा ताला ८० किलोग्रामको हुलाकी राजमार्ग विराटनगर-रंगेली सडक खण्डको निर्माणको समयमा भेटिएको थियो । ताला तत्कालीन जनरल केशर शमशेरलाई दिइएको थियो, जो सिकारको लागि मोरङ जिल्लाको भ्रमणमा थिए । त्यो ताला जनरल केशर समसेरले अनुसन्धानको लागि लगेका थिए । अनुसन्धान अनुसार ताला करिब ३१०० वर्ष पहिले बनाइएको थियो र त्यो ताला विराट दरबारको ताला भएको अनुमान थियो । मोरङ जिल्लाको बेदीयारी गाउँमा प्राचीन कालदेखिकै ठूलो मात्रामा इट्टाहरू भेटिएको पाइन्छ । स्थानीयले ती प्राचीन इट्टाहरू सम्राट विराटको दरबारमा भएको बताएका छन् ।

विराट दरबार हिन्दु धर्म मान्नेहरूका लागि एक धार्मिक स्थल हो । महाभारत कालको समयमा पाण्डवहरू र भगवान् कृष्ण यस महलमा बसोबास गरेका थिए । यसैले, यो स्थान एक ऐतिहासिक स्थान र धार्मिक स्थलहरूमध्ये एक मानिन्छ । यसको संरक्षण र प्रवर्द्धन एवं विकासका लागि सरकारले ध्यान दिन अत्यावश्यक छ ।

विराट दरबार धार्मिक र ऐतिहासिक रूपमा महत्त्वपूर्ण छ । यो महल हाल इट्टाको पर्खालले घेरिएर राखिएको छ । साना सङ्ग्रहालय विराट दरबारको नजिकै बनाइएको छ । जहाँ प्राचीन चूडी, माटोको बत्ती, इट्टा, माटोको भाँडा, ढुंगाबाट बनेको बस्ने ठाउँ, विभिन्न देवी-देवताका मूर्तिहरू र भाडाहरू, चाडपर्वको समयमा तैयार परिने खाद्य पदार्थ बनाउन प्रयोग गरिने सामग्रीहरू र विराट दरबारमा पाइने धेरै अन्य वस्तुहरू संरक्षित गरेर सङ्ग्रहालयमा राखिएको छ ।

विराटको दरबार नेपालको सबैभन्दा पुराना दरबारहरूमध्ये एक हो । त्यसैले, यो ठाउँ घुम्न आउने र १००० वर्ष पहिले राजाहरूद्वारा प्रयोग गरिएको चिजहरूलाई अवलोकन गर्न चाहनेहरूका लागि सबैभन्दा राम्रो गन्तव्य हो । पर्यटकीय, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा जैविक विविधताको हिसाबले विराट दरबारको मौलिक महत्त्व हाम्रो देशका लागि प्राथमिक विकास प्रक्रियामा हुनुपर्छ । विराट राजाको प्राचीन इतिहास सम्बन्धी विराट दरबारका संरक्षक समितिका प्रमुख कमल किशोर यादवको भनाइमा विराट राजाको दरबार रहेको यो क्षेत्रमा पाण्डवहरूको भेद जान्नको लागि हस्तिनापुरबाट दुर्योधनले भेदी (गुप्तचरी) पठाएको ठाउँ भएकाले भेदियारी नाउँ रहेको थियो । उनले अझै यहाँ इट्टाको टुक्रा र माटोको थुम्को जस्तो भाग रहेको तथा यहाँ रहेको रुखलाई कोट्याउँदा रगत जस्तो पदार्थ निस्किने भए पनि अझैसम्म त्यसको रहस्य नखुलेको बताए ।

हरेक विकसित राष्ट्रले आफ्नो सम्प्रदाय र संस्कृति जोगाउन शिक्षा क्षेत्रमा धेरै लगानी गर्ने गरेका छन् । विकसित राष्ट्रहरूको निचोड मानवता जोगाउन आफ्नो मौलिक सम्प्रदाय र संस्कृतिको ज्ञान एवं शिक्षा सबैभन्दा आवश्यक भन्नेमा पुगिसकेको छ । तर हाम्रो देशमा भएको विश्वविद्यालय पनि असहाय र सङ्कायहरू बन्द भएको देखिन्छ ।

दरबारको संरक्षण गर्न नेपाल सरकारले केही लगानी गरेको छ । यस क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि सूचना केन्द्र, महल परिसर, कम्पाउन्ड भित्ता, एक गार्ड कोठा, एक पोखरी बनेको छ । सङ्ग्रहालयमा सामग्रीहरू संरक्षित छन् जस्तै इट्टाहरू, विभिन्न मूर्तिहरू, भाँडाहरू, घरेलु सामग्री आदि अद्भुत प्राचीन सामग्रीहरू छन् । 

खोज र अनुसन्धानले मानव जीवनको भौतिक संरचना र मानसिक संरचनाको विकास र अखण्डताको लागि प्राथमिक भूमिका खेल्छ । तसर्थ जसरी माया देवी मन्दिर भगवान् गौतम बुद्धको पवित्र जन्मथलो हो । त्यसरी नै विराट दरबार पनि हिन्दु धर्मावलम्बीका लागि एउटा महत्त्वपूर्ण थलो हो । विराट दरबारबारे पनि यसरी नै गम्भीर र ठोस तरिकाले खोज र अनुसन्धान गर्न जरुरी छ । तर नेपाल सरकारले यो विषयलाई प्राथमिकतामा राखेको देखिँदैन । यो पवित्र दरबार त्यसै विलीन र तिरस्कृत भएको छ । यो दरबारलाई संरक्षण र प्रवर्द्धन गर्न सके प्रदेश १ मात्र नभई नेपालकै महत्त्वपूर्ण धार्मिक एवं पर्यटकीय गन्तब्य बन्न सक्छ ।

नेपालमा पूर्वीय दर्शनको शिक्षामा ध्यान पुगेको छैन । जुन साँचिनै हाम्रो देशको आफ्नो मौलिक सम्प्रदाय र संस्कृति खस्किँदै गएको देखिन्छ । नेपालमा ८१.३ % प्रतिशत हिन्दु धर्म मान्ने छन् । तर हिन्दु ग्रन्थ, वेद, हिन्दु इतिहास, हिन्दु सम्पदा, पूर्वीय दर्शन तथा हिन्दु संस्कृतिहरूको पढाइ हुने विश्वविद्यालयको कमी र अभाव खट्किएको छ । हरेक विकसित राष्ट्रले आफ्नो सम्प्रदाय र संस्कृति जोगाउन शिक्षा क्षेत्रमा धेरै लगानी गर्ने गरेका छन् । विकसित राष्ट्रहरूको निचोड मानवता जोगाउन आफ्नो मौलिक सम्प्रदाय र संस्कृतिको ज्ञान एवं शिक्षा सबैभन्दा आवश्यक भन्नेमा पुगिसकेको छ । तर हाम्रो देशमा भएको विश्वविद्यालय पनि असहाय र सङ्कायहरू बन्द भएको देखिन्छ ।

अतएवं सरकारले विराट दरबार संरक्षण र पुनर्निर्माण गर्न ध्यान दिनुपर्छ । विराट दरबार भोलि नेपालको मुख्य पर्यटनस्थल बन्न सक्छ सरकारको ध्यानाकर्षण भयो भने । तर नेपालमा स्थानीय तह र प्रदेश तहदेखिको अनियमितता र भ्रष्टाचारको चरम सिमाले विकासको आशाहरू भत्किदै गएका छन् । विराटनगर नेपालको मुख्य सहर हो तर विराटनगर महानगरपालिकाभित्रकै पर्यटकीयस्थलहरूको अवस्थामा निकै दयनीय छ । घुम्ने ठाउँहरूको धेरै नै कमी छ । विराटनगर महानगरपालिका भित्र पर्ने यो दरबार एकदमै सुनसान र उजाड भएको देखिन्छ । विराट दरबारको क्षेत्रफल ठूलो छ । यसमा सङ्ग्रहालय, पार्क, धार्मिक विश्वविद्यालय र अन्य ठूला योजनाहरू अट्न सक्छन् । यो दरबारको पुनर्निर्माण गर्न अत्यन्त जरुरी छ । 

लेखक मनोविद् हुन् ।

कस्तो लाग्यो ?

यो पनि