बैशाख १३, २०८१, बिहीबार
               

धनसम्पत्ति कि जीवनको सार्थकता !

मनु धमला
जेठ ३०, २०७८

ADVERTISEMENT

सफलता के हो ? यसको मापनको आधार के हो ? सफलताको सूचक के के हो ? सायद यो प्रश्न मानव जीवनमा सर्वाधिक उठ्ने गर्दछ । यो सामूहिक प्रश्न नै हो । म पनि अपवाद थिइनँ र छैन पनि ।

जीवनलाई सार्थक कसरी बनाउने ? मेरो मनमा ज्वारभाटा उठ्छ । म यसमा पनि एकल होइन होला । अरू पनि मजस्तै सोच्दा हुन् ।

जो धेरै सम्पत्ति आर्जन गर्छन् उसैले देशमा बढी कर छली गरिरहेका छन् । जति जति धनी छन्, लोभ र मोह पनि उत्तिकै चुलिएको छ । नेपाली यो मनोवृत्ति विकृत हो । समाज परिवर्तन र रूपान्तरणको नाराले धनीलाई झन् अनुकूल अवस्था सिर्जना गरिरहेको छ ।  

धेरै मानिसलाई सम्पत्ति प्रधान हुने गर्दछ । हो जीवनमा धन सम्पत्ति चाहिन्छ । सम्पन्न मुलुकहरूले त नागरिकको सबै खालको सुरक्षामा ध्यान पुर्‍याएका छन् । नेपाल र यस्तै आर्थिक अवस्थाका मुलुकमा शिक्षा, स्वास्थ्य व्यापार भएका छन् । करिब तीन करोड नागरिकमध्ये बहुसंख्यकलाई दैनिक गर्जो टार्न नै धौधौ छ । लाखौँ अति विपन्न नागरिक छन् । बेरोजगारी व्याप्त छ । धनी र गरिवबीचको खाडल बढ्दो छ । यो अवस्थामा धन आर्जन प्रमुख सवाल हुन अन्यथा होइन ।

तर जोसँग आफ्नै घर-जमिन छैन (काठमाडौं वा मुख्य सहरमा भन्ने अर्थमा होइन) । दैनिक जीवन यापनमा समस्याको पहाड छ । बालबच्चालाई स्तरीय त के सामान्य शिक्षा दिलाउन पनि कठीन अवस्था छ । बिरामी पर्दा उपचार गर्ने सामर्थ्य छैन । हो यो अवस्थामा न्यूनतम गुजाराका लागि धन सम्पत्ति सर्वाधिक महत्त्वको विषय हो ।

अवस्था यस्तो मात्र छैन । ठीक उल्टो पनि छ । जो धेरै सम्पत्ति आर्जन गर्छन् उसैले देशमा बढी कर छली गरिरहेका छन् । जति जति धनी छन्, लोभ र मोह पनि उत्तिकै चुलिएको छ । नेपाली यो मनोवृत्ति विकृत हो । समाज परिवर्तन र रूपान्तरणको नाराले धनीलाई झन् अनुकूल अवस्था सिर्जना गरिरहेको छ । 

जीवन सफल बनाऊँ भन्ने चाह मेरो मनभित्र छ । सार्थक जीवन बाच्न सके पनि जीवन त ? यात्रा जारी छ । भविष्य के होला थाहा छैन । तर गन्तव्य पथतर्फ पाइला अगाडि बढाउँदै छु ।

मैले आफ्नो जीवनलाई सार्थक र सफल बनाउने प्रश्न अझै पूर्ण उत्तरित छैन । केही सवालमा अनुत्तरित पनि छ । म पनि नेपालकै घामछाँयामा हुर्किएकी हुँ । हुन् संसारले ताप्ने घाम एउटै त हो भन्न पनि सकिएला । तर नेपाली परिवेशमा जन्मेहुर्केकी मभित्र पनि मौलिक गुण तथा स्वभाव नहुन पनि सक्छ ।

तथापि जीवन सफल बनाऊँ भन्ने चाह मेरो मनभित्र छ । सार्थक जीवन बाच्न सके पनि जीवन त ? यात्रा जारी छ । भविष्य के होला थाहा छैन । तर गन्तव्य पथतर्फ पाइला अगाडि बढाउँदै छु ।

धादिङ जिल्लाको ज्यामरुङ गाउँमा जन्मिएकी हुँ । विद्यालय तहको शिक्षा सोही गाउँमा लिएँ । उच्च शिक्षाका लागि राजधानी काठमाडौं छिरेँ । सानैदेखि केही काम गरेर आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच थियो । त्यसैले अध्ययनसँगै काम पनि गरेँ । नेपालमा रहँदा मैले पत्रकारिता गरेँ । प्राइम टाइम्स टेलिभिजनमा समाचार संकलन र निर्माणको अनुभव लिएँ । नेपालमा टेलिभिजन कसरी सञ्चालन भइरहेका छन् भन्नेदेखि समाचार संकलन, लेखन र उत्पादनसम्मका अनुभव लिएँ । त्यसैगरी कलाकारिता क्षेत्रमा पनि पाइलो टेकेँ । केही गीतहरूमा मोडलिङसमेत गरेर काम जान्ने र अनुभव संग्रह गर्ने प्रयास गरेँ । 

टेलिभिजन पत्रकारिताकै क्रममा एकपटक विदेश जाऊँ भन्ने सोच आयो । आफ्नो स्नातक तहको पढाइलाई निरन्तरता दिने लक्ष्यका साथ अस्ट्रेलिया आइपुगेँ । यहाँ आएर काम गर्ने र पैसा कमाउने मात्र लक्ष्य रहेन । एउटा विकसित र समृद्ध मुलुकलाई चिन्न पाइरहेकी छु । 'सिस्टमले कसरी रुल गर्दछ' हेरिरहेकी र देखिरहेकी छु । धेरै अनुभवको साक्षी बनिरहेकी छु । काम पनि गर्दै गइरहेकी छु । समयले भ्याएसम्म काम गरिरहेको छु । यहाँ रहेर पनि स्वदेशमा रहेका घरपरिवारदेखि साथीभाइलाई जानेको सिकाउँछु । मैले नजानेको विषय निर्धक्कसाथ सोध्ने गरिरहेकी छु । आखिर जीवन सिकाइको पाठशाला पनि त हो नि ! 

अस्ट्रेलिया आगमनले मलाई महिला पनि सक्षम भएको आभाषमात्र होइन विश्वास नै पलाएको छ । महिलाले धेरै गर्न सक्छन् भन्ने ज्ञान दिएको छ । मलाई त्यति ऊर्जा मिलेको छ, जति नेपालमै रहेको भए मैले कहिल्यै नपाउन सक्ने थिए । यो ऊर्जाशील समयमा जतिसक्दो रचनात्मक बनाउने प्रयासमा छु । मेहनतसँगै फरकफरक क्षेत्रको अवस्थालाई प्रत्यक्ष अनुभूति गर्ने क्रमलाई जारी राखेको छु ।

अब त अस्ट्रेलियामा बसेर नेपाली युवतीहरू आत्मनिर्भर बन्न सक्छन् । घरपरिवार पाल्नसमेत सक्छन् भन्ने उदाहरण बन्न सफल हुँदै गएकी छु । घर, समाज वा आफ्नो देशमा मात्रै सबै कुरा सिक्न नसकिने रहेछ भन्ने कुरा अस्ट्रेलियाको सिकाइ र भोगाइहरूले मेरो जीवनमा प्रमाणित गर्दै लगेको छ । काम र पैसामात्र नभई अवसरको सदुपयोगमा ध्यान दिनुपर्छ भन्ने बुझ्न थालेकी छु । जसले गर्दा भोलिका दिनमा म मातृभूमि फर्किएर स्वावलम्बी बन्न सक्ने विश्वासमा छु । 

समाजप्रतिको रुचि र सामाजिक कामप्रतिको गुम्सिएको इच्छालाई प्रकट गर्दै छु । अस्ट्रेलियामा पनि विभिन्न संघ-संस्थाहरुमा आवद्ध छु । पछिल्लो समय एएनएमसी मिडिया ग्रुपमा जोडिन पुग्दा मलाई खुसी लागेको छ । यो संस्थामा करिब २ हजार जना अस्ट्रेलियामा रहेका नेपाली आबद्ध छन् । आफ्नो अध्ययन र कामलाई प्राथमिकतामा राखेर पनि केही गर्न सकिन्छ भन्ने ध्येयका साथ पाइला चालिरहेकी छु । 

मात्रा देशअनुसार फरकफरक होला । तर कोरोना विश्वकै लागि प्रतिकुलता बनेर उदायो । यो विषम परिस्थितमा विचलित नभई कर्तव्यपथमा लम्कन जरुरी छ । रातपछि आउने दिन नै हो । चन्द्रमाले पनि सूर्यलाई छेकेर पृथ्वीलाई अध्यारो बनाइदिन्छ । तर त्यो क्षणिकमात्र हो । डटौँ, सामना गरौँ, सावधानी अपनाऔँ, हामी अवश्य जित्ने छौँ । 

पत्रकार धमला उच्च शिक्षा अध्ययनका क्रममा अस्ट्रेलियामा छिन् ।

कस्तो लाग्यो ?

यो पनि