मंसिर ०६, २०८१, बिहीबार
               

मानव जीवन र मनोविज्ञान : भ्रम र यथार्थ

चेतन खड्का
जेठ २६, २०७८

ADVERTISEMENT

समाजभित्र विभिन्न किसिमका समूह हुन्छन् । समूहभित्र फरकफरक सोच भएका मानिसहरू हुन्छन् नै । कोही हुन्छन् आफ्नो वास्तविकता स्वीकार गर्न नचाहने हुन्छन् । उनीहरू आफ्नो वास्तविकता बुझ्नै खोज्दैनन् । यथार्थ स्विकार्नै सक्दैनन् । मानव मनोविज्ञानमा यसलाई डिनायलिजम भनिन्छ । डिनायलिजम भनेको वास्तविकतालाई अस्वीकार गर्न व्यक्तिले अप्ठ्यारो सत्यलाई हटाउनको लागि रचेको मनोवैज्ञानिक हो ।

कतिपय मानिस आफ्नो नकारात्मक पक्ष लुकाउन यथार्थ स्वीकार नगरी सम्बन्धित विषयवस्तुलाई ढाकछोप गरेर आफूलाई अब्बल पुष्टि गराउन खोज्छन् । यसो गर्दा क्षणिक खुसीमात्र मिल्ने हो । समयान्तरसँगै त्यस्ता व्यक्तिमा नकारात्मक प्रभाव देखिन थाल्दछ ।

कहिलेकाहीँ जीवनमा हामी विभिन्न किसिमको परिस्थितिमा गुज्रिरहेको हुन्छौँ, जुन हामी परिवर्तन गर्न सक्दैनौँ । तैपनि हामी आफ्नो समस्या लुकाएर वास्तविकताभन्दा पर बसेर आफ्ना कमजोरी लुकाउन प्रयत्न गरिहाल्छौँ । कतिपय मानिस आफ्नो नकारात्मक पक्ष लुकाउन यथार्थ स्वीकार नगरी सम्बन्धित विषयवस्तुलाई ढाकछोप गरेर आफूलाई अब्बल पुष्टि गराउन खोज्छन् । यसो गर्दा क्षणिक खुसीमात्र मिल्ने हो । समयान्तरसँगै त्यस्ता व्यक्तिमा नकारात्मक प्रभाव देखिन थाल्दछ ।

अर्को अवस्था हो कट्टरपन्थी स्वीकृति । त्यहाँ विवेक हुन्न । अरूको कुरा वा आफ्नो यथार्थ सहजै रूपमा हामी अनुमोदन गर्न सक्दैनौँ । कट्टरपन्थी स्वीकृति भनेको नियन्त्रणभन्दा बाहिरको परिस्थितिहरूमा पनि आफ्नो वास्तविकतालाई पूर्ण रूपमा स्विकार्नु पनि हो । तर यसरी सहज रूपमा अनुमोदन गर्न हामी किन कठिन महसुस गर्छौ त ?

हामी आफ्नो कमजोरी के को आधारमा स्वीकार वा अस्वीकार गर्छौँ ? यो अझै अनुसन्धान विषय नै हो । यसबारे धेरै खोज भइरहेका छन् । मानव जातिको एउटा कटु यथार्थ आफ्नो राम्रो पक्ष मात्र अगाडि देखाउनु हो । हामी आफूलाई सधैँ सत्य र साँचो देखाउँछौ । तर वास्तविकता हामी आफैँमा लुकेको हुन्छ । अरूको मूल्यांकनले  हामीलाई  कमजोर देखाउँछ । हामी आफ्नो कमजोरी र गल्ती लुकाउन अनेकन् ढाकछोप गर्न पछि पर्दैनौँ । हामीले जस्तो महसुस गर्छौँ, त्यसैलाई शाश्वत सत्य मान्छौँ । यसको मतलब यो होइन कि हामी आफ्नो कुरा सहज रूपमा स्वीकार गरिहाल्छौँ । र यो पनि होइन कि हामी आफ्नो परिस्थितिलाई सजिलै अनुमोदन गर्दछौँ ।

उदाहरणका लागि, एक विद्यार्थीले परीक्षाको लागि राम्रो तयारी गरेको थियो । अनि उसको बुझाइमा परीक्षामा राम्रो भयो । तर परिणाम त्यसबमोजिम आएन । अपेक्षाविपरीत परिणाम उल्टो हुन गयो ।नतिजा राम्रो आएन । यस्तो अवस्थामा ऊ कसरी परीक्षाको परिणाम स्वीकार गर्छ ? मलाई लाग्छ कि यो स्थितिलाई धेरैले सहज रूपमा स्वीकार गर्न गाह्रो हुन्छ । यस्तो अवस्था सबैको लागि समान खालको हुन्छ ।

मानिसभित्र रहेका कुण्ठा, निराशा र हारलाई स्वीकार गर्दा मानसिक रोग र आत्महत्याको समस्याहरू  पनि कम गर्न सकिन्छ । 

आफ्नो परिस्थिति, विचार, भावना आफूसँगै हुन्छ । अरूलाई आफूभित्र लुकेका तरङ्गहरूको क्रियाको प्रतिबिम्ब बुझाउन कठिन पनि हुन्छ । यसो भन्दैगर्दा हामी आफ्नो वास्तविकता कतै लुकाइरहेका त हुँदैनौँ ?! बुझ्न कठिन हुन्छ र समस्याको समाधान गर्न त्यतिकै जटिल । तर यो त्यो हो, त्यो यो हो भनेर स्वीकार गरेर हामीले आफ्नो समस्यालाई कम गर्न पनि त सक्छौँ । यसो गर्नाले हामी आफ्नो समस्याहरूभन्दा अगाडि रही निष्कर्षतर्फ लम्कन सक्छौँ ।

तथ्यहरू

- अनुसन्धानकर्ता र विज्ञहरूको अनुसार, कट्टरपन्थी स्वीकृतिको अभ्यास गर्दा हामीभित्र भएको लाज, दोष र चिन्ता कम गर्न सकिन्छ ।

- मानिसभित्र रहेका कुण्ठा, निराशा र हारलाई स्वीकार गर्दा मानसिक रोग र आत्महत्याको समस्याहरू  पनि कम गर्न सकिन्छ । 

- आफ्नो परिस्थिति र यथार्थ स्वीकार गर्दा हाम्रा कष्टहरू कम हुन्छन् । नकारात्मक विचारहरूको बीउ पलाउने ठाउँ कम हुँदै जान्छ । 

वास्तविकता स्विकार्न सक्दैनौँ ?

किनकि यसले वास्तविक समयमा भइरहेको भावलाई प्रत्यक्ष बनाउँछ । जसले हाम्रा मूल्यमान्यता परिवर्तन गर्दछ । जसमा हाम्रो जीवनको अधिकांश हिस्सा भर परेको हुन्छ । यसले हामीलाई चोट पुर्‍याउँछ र हामीलाई असहज बनाउँछ । यद्यपि जुन छोटो समयावधिको लागि हो, तर हामी चोट स्वीकार गर्न सक्दैनौँ ।

हामी हाम्रो वास्तविकतालाई स्वीकार नगर्नुको सम्पूर्ण कारण यही हो । र हामी हाम्रो जीवन आफ्नै विश्वास र कल्पनामा निर्वाह गरिरहेको हुन्छौँ ।व्यक्ति प्राय आफ्नो सोच र विचारहरूलाई छोटो अवधिका अनुभवहरूमा केन्द्रित गर्दछन् । अनि मूल्याकंन चाहिँ लामो अवधिका नकारात्मक अनुभवहरूलाई जोडेर गर्दछन् । उनीहरू सोच्दछन् कि यो परिस्थितिले अहिल्यै उनीहरूलाई चोट पुर्‍यायो भने उनीहरूलाई सधैँ त्यो परिस्थितिको सम्झनाले दुख दिइरहने छ । जुन धेरै अर्थमा भ्रामक छ । यसले तिनीहरूलाई मान्छेहरूको न्याय, गलत निर्णय र कहिलेकाहीँ आत्महत्या गर्ने अवस्थामा पनि पुर्‍याउँछ ।

महत्त्वपूर्ण पक्ष त मानिसहरूले वास्तविकतालाई स्वीकार नगर्नुको कारण डर हो । धेरैले सोच्छन् कि यथार्थ स्वीकार गरे उनीहरूलाई मूर्ख बन्ने वा बनाइने छन् । त्यस्तो बुझाइ गलत हो । मानिसलाई आफूभित्र भएको भयले यथार्थ स्विकार्न दिँदैन । जुन वास्तविकता स्विकार्नु र केही समयको लागि मूर्ख जस्तो देखिनुभन्दा बढी मूर्खता हो ।

सकेसम्म नियमित वा शरीर र आवश्यकताका आधारमा योग गर्नुपर्छ । योगले हाम्रो दिमाग र शरीर दुवैलाई फाइदा गर्दछ । हामीले व्यक्तिगत स्वच्छतामा ध्यान दिनुपर्छ ।

स्विकार्नु वा स्वीकृति के हो ? र यसलाई हाम्रो जीवनमा कसरी ल्याउने ? अधिकांश व्यक्तिहरूले स्विकार्नु वा स्वीकृति भन्नाले, आफ्नो वास्तविकता स्विकार्नु हो भनेर सम्झन्छन् । जुन सम्बन्धित व्यक्तिको पक्षमा हुन पनि सक्छ र नहुन पनि । जीवनमा अगाडि बढ्न हामीले हाम्रो वास्तविकता स्विकार्नुपर्छ ।

वास्तविकता स्वीकार्न सुझाव

आफ्नो वास्तविकताविरुद्ध लड्दै गर्दा अत्यन्तै ख्याल गर्नुपर्ने हुन्छ । सर्वप्रथम वास्तविकता स्वीकार गर्नु नै आफूभित्र जागरूकता प्राप्त गर्नु हो । जसले आफूभित्र भएको असहजपनलाई कम गर्न मदत पुर्‍याउँछ । हामी आफूभित्र धेरै प्रश्न उत्तर गरिरहेको हुन्छौँ । जुन समाधान गर्न निकै कठिन भइरहेको हुन्छ । उच्च नैतिक स्तरको व्यवहार देखाउने क्रममा आफ्नो मर्यादा र भुलहरू बिर्सने गरिन्छ । त्यसले आफूलाई नकारात्मक प्रभाव परेको हुन्छ । कहिलेकाहीँ व्यावहारिक परामर्शको खाँचो अत्यन्तै हुन्छ । र, बेलाबेला परामर्श व्यावहारिक व्यक्तिसँग लिनुपर्ने हुन्छ ।

विगत अपरिवर्तनीय हुन्छ । बितिसकेका कुराहरूबारे हामीले आफैँले आफैँलाई सम्झाउनु पर्छ । यो कटु सत्य भुल्नु हुँदैन । भइसकेको गल्ती भइसक्यो । अब त्यो गल्तीबाट पाठ सिक्ने हो । त्यसमा जकडिने वा अल्झने होइन । यसतर्फ विचार पुर्‍याउन सकेमा हामीलाई वास्तविकतासँग जोडिन सहज हुन्छ । यो काम चुनौतीपूर्ण हुन सक्छ । तर असम्भव होइन । आफूलाई नियन्त्रण गर्न सक्यौँ भने हामी हाम्रो ऊर्जा अन्य समस्याको समाधानतिर लगाउन सक्षम र सफल हुन्छौँ ।

सकारात्मक सोच तथा नकारात्मक भावमुक्त

सोचाइको सीमा हुँदैन । मानिस सुतेको बेला पनि दिमाग सक्रिय भइरहेको हुन्छ । तसर्थ हाम्रा भावनाहरू कहिलेकाहीँ आफ्नो नियन्त्रणमा हुँदैनन् । र, भावनाहरू दैनिकीको काम अनि सोचाइअनुसार डुलिरहेको हुन्छ । कहिलेकाहीँ हामी सानो सानो कुरामा रिसाउने गर्दछौँ । कुनैबेला सानो विषयमा पनि खुसी हुन्छौँ । यो पनि अभिव्यक्ति हो ।

आफ्नो भावना सकारात्मक र बलियो बनाउन हाम्रो दैनिकीमा भएका समय र घटनाक्रम विचार गर्नाले पनि एउटा मुख्य भूमिका खेल्ने गर्छ । यदि हामीले नकारात्मक भावना बढी लिएमा व्यवहार पनि त्यस्तै हुने गर्छ । त्यसो गर्दा नकारात्मक प्रतिक्रियाहरू विस्तारित हुने गर्छन् । जब हामी हाम्रो भावना स्वीकार गर्छौँ । तिनीहरूलाई बिना आग्रह अनुभव गर्न सक्यौँ भने सकारात्मक भावलाई बलियो बनाउन सक्षम हुन्छौँ ।

यथार्थ स्वीकार गर्ने नाटक

हामी अझै वास्तविकतालाई पूर्णरूपमा स्वीकार गर्न संघर्ष गर्दै छौँ भने हाम्रो सोचलाई एकछिन तटस्थ रूपमा एकीकृत गरौँ । यसो गर्दा हामीले फेरि एकपटक राम्रोसँग सोच्ने समय पाउने छौँ । हाम्रो तितो अनुभवलाई केवल एउटा विचार जसरी स्वीकार गर्‍यौँ भने एकपछि अर्को प्रतिक्रिया के हुन्छ ? हामी हाम्रो व्यवहार र कार्यहरू परिवर्तन गर्दै बहाना मात्र प्रतिबिम्बित गर्‍यौँ भने हाम्रो विचारलाई बदल्न सक्छौँ ।

शरीरप्रति ध्यान र आराम

हामी तनावग्रस्त छौँ । आफ्नो अवस्थाको वास्तविकताविरुद्ध धकेल्दै छौँ । त्यस्तोबेला हाम्रो शरीर पनि तनावग्रस्त हुन्छ । यो प्राय: प्रतिरोधसँग सम्बन्धित हुन्छ  । हाम्रो  दिमागलाई उच्च सतर्कमा राख्दछ । हाम्रो शरीर आराम गर्नाले हाम्रो मांसपेशीहरूलाई आराम मिल्छ । र, आनन्दको अनुभूति हुन्छ । यसबाट सोच्ने शक्ति पनि वृद्धि हुन्छ । अनि हामी आफ्नो वास्तविकता के हो भनेर सोच्ने मनासिब समय निकाल्न सक्ने छौँ ।

सकेसम्म नियमित वा शरीर र आवश्यकताका आधारमा योग गर्नुपर्छ । योगले हाम्रो दिमाग र शरीर दुवैलाई फाइदा गर्दछ । हामीले व्यक्तिगत स्वच्छतामा ध्यान दिनुपर्छ । प्राय नुहाउने, सफा लुगा लगाउने र वरिपरिका ठाउँ सफा राख्ने आदि आदि । हामो सास फेर्ने प्रणाली पनि ख्याल गर्नु पर्छ । जस्तै, गहिरो सास फेर्ने र बिस्तारै छोड्ने । व्यायाम वा आराम गर्न र कहिलेकाहीँ सम्पूर्ण शरीर मसाज गर्ने ।

सामना गर्न सक्ने भनाइ वा व्यवहार प्रस्तुत

यो आचरणसँग जोडिएको सवाल पनि हो । आफूले सामना गर्न सक्ने विषयमात्र उठाउनु पर्छ । हाम्रो बोली-बचन र व्यवहार पनि आफूले धान्न सक्ने हुनुपर्छ । हामी केवल एक कुरामा ध्यान दिन सक्छौँ वा हामी आफ्नै लामो सूची बनाउन सक्छौँ । केही उदाहरणहरू: यो के हो ? जुन यो हो ? पहिले नै भएको घटनालाई म परिवर्तन गर्न सक्दिन । म चीजहरू त्यसरी नै स्वीकार गर्न सक्छु । म केवल मेरो आफ्नै कार्य र प्रतिक्रियाहरू नियन्त्रण गर्न सक्छु । यदि यसले मद्दत गर्दछ भने- नोटमा आफ्नो कथनहरू लेख्नुहोस् र बेलाबेलामा पल्टाएर पढ्नुस् ।

अभ्यासको खाँचो

कट्टरपन्थी स्वीकृति कठिन हुन्छ । जुन हामीले नियन्त्रण गर्न गाह्रो हुन सक्ने र कठिन परिस्थितिको खुलेर सामना गर्न मद्दत पुर्‍याउने प्रकटन पनि हो । खुलेर अनुमोदन गर्नु आफ्नो विचारलाई आफैँमा एउटा शुद्ध उदाहरण हो । तर सजिलै स्मरण आउन पहिला यसले केही समय लिन सक्दछ । साना परिस्थितिहरूमा यो प्रयास गरेर सुरु गर्न कोसिस गर्नुपर्छ । जस्तै जब तपाईँ ट्राफिकमा अडिनुहुन्छ, त्यतिबेला आफूले स्वीकार गर्न सक्नुपर्छ ट्राफिक सबैको लागि उस्तै हो । त्यसले सबैको समय लिएको हुन्छ । मेरोमात्र समय खेर गएको होइन । यसरी आफ्नो र अरूको समस्या अनुभूति गर्दै सामना गर्नुपर्छ । दैनिकजसो कट्टरपन्थी स्वीकृति अभ्यास गर्दा समस्याको सामना गर्ने क्षयमा वृद्धि हुँदै जान्छ । यिनै प्रक्रिया प्रयोग गर्न सजिलो हुनेछ । जब ठूला र कठिन चुनौतीहरू तपाईँको मार्गमा आउँदछन्, त्यस्ता तगारा पन्छाउन तपाईँ कुशल र निपुण बन्नु हुनेछ ।

लेखक मनोविद् हुन् ।

कस्तो लाग्यो ?

यो पनि