पशु । जसलाई आफ्नो नियन्त्रणमा राख्न निकै गाह्रो हुन्छ । एकातिर बोलाउँदा अर्कोतिर जान्छ, यता बोलाउँदा उता भाग्छ । त्यसलाई नियन्त्रणमा ल्याउन कहिलेकाँही पिट्नु पनि पर्छ । लगाम पनि लगाउनु नै पर्छ । गाई भैँसीलाई नाकमा डोरीले छेड्ने गरिन्छ । यति गर्दा पनि नियन्त्रणमा ल्याउन गाह्रै पर्छ । कतिपय पशुलाई वशमा राख्न कठिन प्रयत्न गर्नु पर्छ । तर, अन्ततोगत्वा वशमा आउँछ नै । यहाँ विवेकशील भनिएको मान्छेले त मान्दैनन् । पशुको त के कुरा भयो र ! हाम्रा देशमा दशकौँदेखि देश चलाएर बसेका नेताहरू त अहिलेसम्म वशमा छैनन् । जे गर भन्यो त्यो गर्दैनन् । जे नगरून भन्यो त्यही गर्दछन् । ती त झन् पशु न हुन्, सहजै त कहाँ पो मान्छन् र ?
केही नदिने नेताहरूलाई हामीले फोकटमा पालिरहेका छौँ भने अमूल्य र स्वस्थकर चिज दिने पशुहरूलाई त पाल्नै पर्यो नि ! त्यसैले यस्तो लाग्न थालिसक्यो कि हाम्रो कृषिप्रधान देशमा सांसद पाल्नुभन्दा त बरु पशु पाल्न नै ठीक हुन्छ । सांसद पाल्दा लगानी मात्रै लाग्ने पशु पाल्दा त मुनाफा पनि पाइने ।
तर पशु नै किन नहुन् । हामीले घरमा पाल्ने पशुले त केही न केही दिन्छन् नै । गाई, भैँसीले दूध दिन्छन्, गोरुबाट खेतबारी जोत्नमा सहयोग पुगेको छ । त्यस्तै कुकुर इमानदारिताका साथ घरको रक्षार्थ खट्छन् । तर हामीले संसद्मा पालेको सांसदज्यूहरूले हामी जनतालाई के दिएका छन् ? केही नदिने नेताहरूलाई हामीले फोकटमा पालिरहेका छौँ भने अमूल्य र स्वस्थकर चिज दिने पशुहरूलाई त पाल्नै पर्यो नि ! त्यसैले यस्तो लाग्न थालिसक्यो कि हाम्रो कृषिप्रधान देशमा सांसद पाल्नुभन्दा त बरु पशु पाल्न नै ठीक हुन्छ । सांसद पाल्दा लगानी मात्रै लाग्ने पशु पाल्दा त मुनाफा पनि पाइने ।
फेरि कोहीकोहीले केही दिएन भनिरहँदा प्रश्न पनि उठाउन सक्लान्, किन दिएको छैन भनेर । यो पनि अर्को कोणबाट सही नै मानौला । यत्रो महँगी कसले दियो ? वैदेशिक ऋणको भार कसले बोकायो ? कालोबजारी पनि दिएकै छ । खुलेआम घुस माग्ने घुसखोरीलाई प्रश्रय दिएको नै छ । जातजाति, धर्म सम्प्रदाय, भाषाभाषीबीच मनमुटाब गराउने कोसिस भएकै छ । यसमा सरकार, नेता र सांसदहरू अब्बल ठहरिएकै हुन् । हाम्रा नेताहरू घरमा पालेका पशुहरू भन्दा पनि एकस्तर माथि पनि छन् । किनकि उनीहरू जे जस्तो गर्दा पनि नियन्त्रणमा आउँदैनन् । कानुनको दायरामा पर्दैनन् ।
अब हाम्रा देशका नेताहरूलाई कसले सम्झाउने होला त, पशुलाई जस्तै मान्छेलाई पनि लौरो दिएर गोठालो बस्नु पर्दैन भनेर । मान्छेसँग त बुद्धि छ । ज्ञान छ । विवेक छ । सही-गलत छुट्याउन सक्ने क्षमता हुन्छ । तर हाम्रो नेतालाई देख्दा यसमा पनि शंका लाग्न थालेको छ । कि यो सब क्षमता सम्पूर्ण मानिसमा त हुन्छ नै ? तर खै हाम्रो देशका नेताहरूमा त्यो विवेक ?
एउटा खेतीयोग्य जमिन खेत वा बारी जोत्न एक हल (गोरु वा राँगा) आवश्यक पर्छ । ती जोडी सँगसँगै एउटै लयमा, एकै दिशामा हिँड्दा मात्रै खेत राम्रोसँग जोतिन्छ । त्यसमा राम्रो उब्जनी हुन्छ । तर, नेपाली राजनीतिमा भएको हल जोडी आफूखुसी कोही उत्तर, त कोही दक्षिण दिशामा हिँड्न थालेका छन् । त्यसरी जोतिएको जमिन कस्तो होला ? जमिन खेतीयोग्य नै भए पनि उब्जनी कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ । अहिले ती हल जोडी एक अर्कालाई निर्वस्त्र गर्नमा जोडतोडका साथ लागिरहेका छन् । यसरी नै देश विकास गर्न लागेका भए हामी कहाँ पुग्ने थियौँ । संस्कृतमा एउटा उक्ति छ 'पण्डितः पण्डितम् दृष्त्वा श्वानवत् घुर्घरायते' अर्थात् जसरी एउटा टोलको कुकुरले अर्को टोलको कुकुरलाई देखेपछि रिसले घुर्न थाल्छ । त्यसरी नै एक पण्डितले अर्का पण्डितलाई इर्ष्या गर्न थाल्छ । यो उक्ति पण्डितहरूमा मात्र होइन, हाम्रा देशका नेतामा पनि मेल खान जान्छ ।
पशुमा कुनै अवगुण हुँदै नहुने पनि होइन । कहिले हान्छ, कहिले आफैँलाई टोक्छ । यस्तै अरू पनि अवगुण छन् । तर, नेपाली समाजमा एउटा पुरानो कथन छ नि ‘दूध दिने गाईको लात्ती पनि सहनु पर्छ’ भन्ने । यहाँ त हामी हाम्रो रगत पसिना बगाएर कमाएको पैसा (कर) चुस्नेको पनि लात्ती सहेर बसिरहेका छौँ । कहिलेकाहीँ यसो सोच्ने गर्छु । हाम्रा देशका नेतालाई र पशुलाई एउटै तराजुमा राखेर जोख्नु पर्ला तर फेरि यस्ता केही गुणले सम्पन्न पशुलाई विना गुणले युक्त नेतासँग तुलना गर्दा कतै ती बोल्न नसक्ने पशुमाथि अन्याय पो हुने हो कि !
राजनीतिक दलले दशकै खेर फालेका छन् । अहिले नेपाली जनताले दिएको दुइतिहाई बहुमतलाई पनि टुकुचाको गन्धयुक्त नालीमा खेर फालिदिएको छ । राजा महेन्द्रले दश वर्षको अवधिमा गरेको विकासको बराबर पनि दलहरूले गर्न सकेका छैनन् ।
नेपालले सबैखाले शासन व्यवस्थाको अवलम्बन गरिसक्यो । राणा शासन, प्रजातन्त्र, पञ्चायत, बहुदलीय व्यवस्था, राजतन्त्र, लोकतन्त्र, गणतन्त्र नजाने के के तन्त्र सबै ल्याइयो । तर, विकासको माहौल देख्न पाइएन । आखिर बिदेसिनु नै पर्ने रहेछ , शिक्षा, स्वास्थ्य र रोजगारीको निमित्त । अशिक्षा, बेरोजगार, लुटपाट, बलात्कार जस्ता जघन्य अपराध दिनानुदिन झनै बढी रहेको छ । अहिले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको छ । खोइ यसको अनुभव गर्न पाएको ? खोइ हामीले विकासको पूर्वाधारमा रम्न पाएको ? आजसम्म पनि उहीँ बाहुबाजेले निर्माण गरेको पूर्वाधारको नै उपभोग गरिरहेका त छौँ ।
राजनीतिक दलले दशकै खेर फालेका छन् । अहिले नेपाली जनताले दिएको दुइतिहाई बहुमतलाई पनि टुकुचाको गन्धयुक्त नालीमा खेर फालिदिएको छ । राजा महेन्द्रले दश वर्षको अवधिमा गरेको विकासको बराबर पनि दलहरूले गर्न सकेका छैनन् ।
वास्तवमा विकास हुने भनेको शासन व्यवस्थाले पक्कै होइन रहेछ । यो त शासन गर्ने व्यक्तिमा भर पर्ने रहेछ । राजसंस्था भएको देश जापान जुन विश्वको तेस्रो ठुलो अर्थतन्त्रका रूपमा स्थापित छ । राष्ट्रपती र प्रजातान्त्रिक देश अमेरिका र कम्युनिस्ट देश चीनबीच महाशक्तिको होड चलेको छ । विश्वका धनी देशमा फरकफरक खालको शासन व्यवस्था छ । यदि शासन व्यवस्थाले मात्रै विकास हुने भए नेपालमा सबैखाले शासन व्यवस्थाको अवलम्बन भइसक्यो । तर खोइ कहाँ छ विकास ? नाराबाहेक कहाँ छ समृद्धि ? अब नेपाली जनताले सबै माननीयज्यूहरूलाई राम्रोसँग चिनिसक्यो । विगतका दिनमा देख्दै नदेखेको सपना जबरजस्ती आँखामा छारो हालेर देखाइयो । अब हामी पनि सचेत हुनु पर्छ ।