चैत १६, २०८०, शुक्रबार
               

घरैभित्र बसिन्छ, चुकुल लगाएर

चेतन पाण्डे
असोज २१, २०७७

ADVERTISEMENT

दसैँ मान्न सबैलाई हतारो भए झैँ देखिन थालेको छ । किनकि बजारमा घुइँचो बढ्न थालेको छ । जुन पसलमा नयाँ पहिरन टाँगिएका छन्, आफसे आफ ग्राहकले भरिन थालेको छ । जहाँ अफर छ, त्यहाँ मेला लागेको छ । लाग्छ, सबैलाई ज्यानको भन्दा नयाँ लुगाको माया छ । दसैँ नमानी नहुने चटारो छ ।

०००

हो, हुन्थ्यो, हामीलाई पनि दशैँको प्रतीक्षा । कसलाई नहुँदो हो ? दसैँ आउनु कता हो कता, महिनौँ अघिदेखि समय ढिला हिँडे झैँ लाग्थ्यो । घडीको सुईको चाल पनि ढिला भए झैँ लाग्थ्यो । विद्यालयको बसाइ निकै झन्झटिलो लाग्थ्यो ।

प्रतीक्षा साह्रै दिक्दारीपूर्ण हुन्छ । कारण त थिए नि अनेकौँ । पहिलो त स्कुलबाट एक महिना लामो बिदा त पाइन्थ्यो, तिहारसम्म । टिका लगाउँदा नयाँ नोटले खल्ती भरिँदा संसार कै सबैभन्दा गाँठवाला आफैँ भए जस्तो पनि लाग्थ्यो । कम घमन्ड बढ्थ्यो । म जस्तो धनी कोही छैन भने झैँ गमक्क परेर हिँडिन्थ्यो । जे भए पनि हामी फुच्चेहरूले पाउने सबैभन्दा ठुलो नोट भनेको ५ रुपैयाँ कै हुन्थ्यो । कसैले धेरै माया गरे भने १० रुपैयाँ पनि दिन्थे । १ रुपैयाँ दिने कहाँ कहिल्यै जान नपरोस् जस्तो लाग्थ्यो । तर, १० रुपैयाँ दक्षिणा दिने घर जान निकै मन लाग्थ्यो । बाबा–ममी मलाई नलिईकनै सुटुक्क जालान् कि भनेर चियो पनि गरिरहन्थेँ । दिनमा ८–१० पटक त नोटका बिटा नै गनिन्थ्यो । दसैँ लाग्नु अगावै किनिएका नयाँ लुगा र जुत्ता लगाउन पनि दशमी नै कुर्नु पर्थ्यो । त्यो लुगा भिरेर ठाँटसँग हिँड्ने रहरले पनि नवरात्रिका रातहरू लामा बने झैँ लाग्थे । 

अनि खेल्न पाइन्थ्यो, कसैको रोकटोक बिना तास । मेरा घरका हरेक सदस्य मौसमी जुवाडे हुन् । १० वर्षको मेरो छोरादेखि ७० वर्षकी आमासम्म । माझका त कुरै नगरौँ । दसैँ सुरु भयो कि सबैको एकाग्रता तासको पत्ती मै हुन्छ, अहिले पनि । बाबा त साप्ताहिक जुवाडे थिए । बाबा कै सामीप्यमा अक्षरसँगै पप्लु खेल्न पनि जान्ने भएको थिएँ । ३ जोर तास मिलाएर १३ पत्ती बाँडेर खेलिने त्यही पप्लुको विकसित रूप आजको म्यारिज हो । बाबाहरूको जमघट प्राय हाम्रै घरमा हुन्थ्यो । शनिवार भयो कि बाबाका साथीभाइ भेला भएर पलेटी कसिहाल्थे । प्राय म बाबाको पछाडि बसेर तासमा ध्यान दिन्थे नै । यतिसम्म माहौल थियो कि हाम्रो घरमा पालेको एउटा कुकुरको नाम समेत ‘पप्लु’ राखिएको थियो ।

सानै थिएँ, दसैँ लाग्नु केही दिनअघि नै घरमा खसी भित्रिएको थियो । अब त्यही खसीको मासुले दसैँ मनाइने निश्चित बन्यो । त्यस पाली पनि खसी ढाल्ने कुराले मनमा उत्साह जाग्यो । बाल मस्तिष्कले भ्याएसम्म हरेक दिन खसीलाई केही घाँस खान दिन्थे । अलि मोटाओस् र धेरै मासु खान पाइयोस् भनेर । स्कुलबाट आए लगत्तै सुमसुम्याएर पनि बस्थेँ । पत्तै भएन, कहिले त्यो खसीसँग लगाव बढेछ ।

कसैले तास तान्दा पप्लु भन्यो कि पुच्छर हल्लाउँदै उसैको नजिक पुगिहाल्थ्यो । अनि बाबाका साथीभाइ भन्थे, ‘के नाम राखेको चिन्तनजी ! एउटा पप्लुलाई बोलाउँदा अर्को पो आइपुग्छ । जा पनि भन्न नमिल्ने । पप्लु जा भन्यो कि अर्को पाली तासमा पनि पप्लु नआउला कि भन्ने डर ।’ माहौल बस्, हाँसोमा टुङ्गिन्थ्यो । पप्लु पुच्छर हल्लाउँदै यता उता हेर्थ्यो । अनि सबैले वास्ता गर्न छाडेपछि लुरु लुरु कोठा बाहिर निस्कन्थ्यो ।

अनि बाबाको अर्को शौक थियो । फूलपाती कै दिन खसी ढाल्नु पर्ने । नजिकका केही इष्टमित्रलाई दुइटा फिला छुट्टाइदिनु पर्थ्यो । बाँकी हाम्रो भागमा बच्थ्यो । त्यसपछि भने घरमा दसैँ लागे झैँ लाग्थ्यो । 

सानै थिएँ, दसैँ लाग्नु केही दिनअघि नै घरमा खसी भित्रिएको थियो । अब त्यही खसीको मासुले दसैँ मनाइने निश्चित बन्यो । त्यस पाली पनि खसी ढाल्ने कुराले मनमा उत्साह जाग्यो । बाल मस्तिष्कले भ्याएसम्म हरेक दिन खसीलाई केही घाँस खान दिन्थे । अलि मोटाओस् र धेरै मासु खान पाइयोस् भनेर । स्कुलबाट आए लगत्तै सुमसुम्याएर पनि बस्थेँ । पत्तै भएन, कहिले त्यो खसीसँग लगाव बढेछ । मेरो मनले भन्यो, त्यो खसी नकाट्ने अब । मैले मनको कुरो बाबालाई सुनाएँ । सुनाएँ मात्र के आदेशको शैलीमा ढिपी कसेँ । मेरो आदेश मात्रमा बाबा एकछिन सोच मग्न भए । त्यत्रो पैसा हालेर किनेको खसीलाई हेरेर बस्न मात्र बाबाको मनले के मान्थ्यो । तत्कालका लागि मेरो चित्त बुझाउन हुन्छ भनिदिए ।

बाबा कै अफिसमा काम गर्ने ओमप्रसाद दाइ हाम्रै घर नजिक बस्थे । बाबाले मलाई ललाइ फकाइ गरेर ओमप्रसाद दाइलाई खसी पाल्न दिने अनि अझै ठुलो भएपछि हामीले घरमा ल्याएर पाल्ने आश्वासन दिए । चकलेट, कोक घुस खुवाएर मलाई मनाए पनि । मैले ओमप्रसाद दाइलाई खसी पाल्न दिन मन्जुरीमा टाउको हल्लाइ दिएँ ।

फूलपाती कै दिन त होला नि ? केही झोलाभरि मासु हाम्रो घरमा आइपुग्यो । ल्याएका थिए त्यही ओमप्रसाद दाइले । मैले ठम्याएँ, त्यो खसी काटिएछ । जसले खसी लगेको थियो, उसैले मासु ल्याएपछि मस्तिष्क जतिसुकै कलिलो भएपनि सोच त्यही बन्थ्यो । घर नै उचालेर डाको छाडेर रोएँ । सबैले सम्झाए, त्यो खसी काटेको हैन, बगरे कहाँबाट मासु किनेर ल्याएको भनेर । मैले ढिपी कस्न छाडिन, त्यो खसी नहेरेसम्म त्यो मासु नखाने एक बुँदे माग राखेँ । कसले पो देखाउन सक्थ्यो र’ डेक्चीमा पाकिसकेको खसीलाई ज्युँदो बनाएर । अहँ खाइन, त्यो मासु । बाबाले छोरोको रुन्चे मुख हेर्दै आफ्नो मुख अमिलो बनाएर सितनका रूपमा मासुको पहिलो टुक्राको स्वाद लिए । जिब्रो पड्काउँदै । मेरो मन भने धेरै दिनसम्म नरमाइलो बनिरह्यो ।

शायद दशमीका दिन नयाँ लुगामा सजिएर निधारमा रातो टिका टाँसेर अनि नयाँ नोट खल्तीमा कोचेपछि मेरो मन अन्तैतिर बरालिन थालेको हुनुपर्छ । अनि बिर्सिएँ, त्यो खसीलाई । तर पक्का आजसम्म खसीको मासुभन्दा मिठो अरू केही लाग्दैन । पछि त आफैँ मार हान्ने समेत भएँ । अनि त कुनै बेला असहज लागेको खसीको मृत्यु पनि सहज लाग्न थाले ।

मलाई सानै उमेरदेखि मार हानेको हेर्न मन लाग्थ्यो । अहिले मेरो छोरा पनि त्यस्तै बनेको छ । तर, हिजोआज हरेक दिन मृत्युका खबर पढ्दा मानिस र त्यो खसीको मूल्यमा केही फरक रहेनछ जस्तो लाग्न थालेको छ । त्यो समयमा खसीलाई मार हानेर छिनाल्ने म र अहिले जनताको मृत्युमा मूकदर्शक बनिरहेको शासकको संवेदनालाई तराजुमा जोख्ने हो भने खासै भिन्नता नआउला जस्तो लाग्न थालेको छ । जिउने अधिकार त सबैको बराबरी नै हुन्छ नि, खसीको होस् कि मान्छेको । लास बनाउने होस् कि लास गन्ने । त्यसले अरूको ज्यानको मूल्य बिर्सिएकै हुँदो रहेछ । लाग्छ, मलाई पनि ती खसीका आत्माहरूले त्यसरी नै सरापी रहेका होलान्, जसरी हिजोआज राज्य सञ्चालकलाई जनताले सरापी रहेका छन् । कोरोनारूपी खुकुरीले रेटिनु पर्दा ।

०००

मलाई हिजोका दिनमा जसरी दसैँ रमाइलो लाग्थ्यो । आजका बालबालिकालाई नराम्रो लाग्ने प्रश्नै उठ्दैन । हरेक दसैँमा टिका लगाएर पाएको दक्षिणा मेरो छोराले दिनमा १० पल्ट गन्छ, जसरी म गन्थेँ । यसपालि दसैँ घरभित्र मात्र मनाउने जनाउ दिइसकेको छु । मन खिन्न पारेको छ । बस्, उसको एउटै सर्त छ, पोहोर साल जति दक्षिणा उठेको थियो, त्यति नै क्षतिपूर्ति बापत मैले जसरी पनि उसलाई उपलब्ध गराउनु पर्ने ।

देश र राजधानी काठमाडौँमा दिनहुँ देखिने सङ्क्रमितको हिसाब राख्न अब कठिन हुने भइसक्यो । दिर्घ रोगी आइसियु र भेन्टिलेटर नपाएर मर्न थालिसके । राज्य सँग जे आशा गर्न सकिन्थ्यो, हामीले गरिसक्यौँ । राज्य निरीह रहेछ, त्यो पनि बुझिसक्यौ । अब बाँच्ने पहल आफैँले गर्नु पर्छ । रोग लागेर निको हुनुभन्दा रोग नै लाग्न नदिनु उत्तम उपाय हो । हाम्रो जस्तो लाचार राज्यका नागरिकलाई कोरोना भाइरसले पढाएको पाठ पनि यही हो । ‘अब राज्यबाट आशा गर्नु बेकार छ । बाँच्ने वातावरण आफैँ तयार पारौँ ।’

उसको ढिपीको पछाडि लागेर घर–घर चहारेर दसैँ मनाउनुभन्दा उसको सर्त मान्नु उचित लागेको छ । सोच्दै छु, नयाँ लुगा किन्ने पैसा पनि उसकै हातमा थमाइ दिऊँ कि भनेर । डढेलो जस्तो सल्किरहेको कोरोना सङ्क्रमणका कारण पसल–बजारमा थप भीड गर्ने उत्साह र आँट आएको छैन । कोरोनाको डढेलालेले भुङ्ग्रो झैँ सल्किरहेको सहरका बासिन्दा आफन्तलाई घरभित्र स्वागत गर्ने आँट पनि छैन । रहर छैन । एउटा चाडमा टाढै बस्दा मन पनि टाढा हुन्छ भन्ने विश्वास पनि पाल्दिन ।

लाग्दै छ, अहिले बजारमा बढेको भीडले कोभिडका बिरामीहरूको सङ्ख्या झन् बढ्ने छ । दसैँमा घरभित्रै मिठो खाउँला । यसपालि काँचो चामलको टिका लगाउने बहानामा अर्को वर्ष पाकेको चामलको पिण्ड खाने रहर नगर्नु नै बेस होला । म मात्र किन कसैको ज्यान बिना कारण नजाओस् भन्ने कामना छ । तर, जसले बजारलाई भीड बढाउँदै छन्, उनीहरूले सङ्क्रमणको दायरा पनि फराकिलो पार्दै छन् । बुझ्नै पर्छ ।

देश र राजधानी काठमाडौँमा दिनहुँ देखिने सङ्क्रमितको हिसाब राख्न अब कठिन हुने भइसक्यो । दिर्घ रोगी आइसियु र भेन्टिलेटर नपाएर मर्न थालिसके । राज्य सँग जे आशा गर्न सकिन्थ्यो, हामीले गरिसक्यौँ । राज्य निरीह रहेछ, त्यो पनि बुझिसक्यौ । अब बाँच्ने पहल आफैँले गर्नु पर्छ । रोग लागेर निको हुनुभन्दा रोग नै लाग्न नदिनु उत्तम उपाय हो । हाम्रो जस्तो लाचार राज्यका नागरिकलाई कोरोना भाइरसले पढाएको पाठ पनि यही हो । ‘अब राज्यबाट आशा गर्नु बेकार छ । बाँच्ने वातावरण आफैँ तयार पारौँ ।’

यहाँ कसैको मृत्युप्रति कोही संवेदनशील छैनन् । कोरोना सङ्क्रमणपछि जोसँग धन छ, उसको बाँच्ने सम्भावना बढी छ । जो नाङ्गो छ, उसको मर्ने सम्भावना पनि बढी छ ।

भर्खर केही दिनअघि एक परिचित कोरोना कै कारण परलोक सिधारे । सरकारी सहयोग भनेको जल्नका लागि दाउरा मात्र किन्न नपर्ने रहेछ । विद्युतीय शव दाह गृहमा जल्न पाइने रहेछ । भगवान भाकेर पाएका सन्तानले दाग बत्ती समेत दिन नपाउँदा रहेछन् । जसरी एक्लै जन्मियो, त्यसैगरी एक्लै अन्तिम यात्रा गर्नुपर्ने बाध्यता पनि आउँदो रहेछ । सन्तानको काम त अस्पताल र औषधीको बिल तिर्ने मात्र रहेछ । राज्यले कोभिडका बिरामीको उपचार खर्च व्यहोर्दैन । राज्यसँग अब पनि केही आशा गर्ने हो भने हामी नपुंसकमा दरिने छौँ । आफैँ बच्ने प्रयास गर्दा कोही लाछी बन्दैन । कोही घमन्डी कहलाउँदैन ।

त्यही भएर मैले निर्णय गरेँ आजै, दसैँमा चुकुल लगाएर घरमा बस्नेछु । मेरा आफन्तसँग पनि यही आग्रह गर्नेछु । 

दसैँ त अर्को पाली पनि आउँछ तर, एक पटक गएको ज्यान फेरि फर्केर आउँदैन । बाँकी विचार आफ्नै ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि