जय सीताराम !
म एउटा नैष्ठिक ब्रह्मचारी र समाधिसिद्ध साधु । बस्, मेरो परिचय यही नै हो ।
म जानकी जन्मेको भूमिमा जन्मिएँ । जबदेखि साधनामा लागियो, साधु बनियो । काम, क्रोध, लोभ, मोहमा कहिल्यै परिएन । कागजी नोट अनि आमा समान स्त्रीप्रति कहिल्यै आशक्ति रहेन । तर, अहिले झुटा लाञ्छना अनि अनुसन्धानको नाममा कुनै प्रमाणित आधार बिना प्रमाणित अपराधीले झैँ कारागारमा दिन कटाइ रहेको छु । यो राष्ट्रको न्याय पद्धतिलाई म चुनौती दिन्न, पुर्पक्षका नाममा नै सही कारागार बसाइका दिनमा पनि कैदीबन्दी दाजुभाइ, दिदीबहिनीलाई महायोग साधनामार्फत मनुष्यमा दैवत्व जगाउने सत्कार्यमा लागेको छु । त्यसैले अहिले म किञ्चित विचलित छैन । किनकि म संसारी पनि होइन ।
मेरा इष्ट श्रीकृष्णको गर्भावस्था पनि त कारागार मै बितेको थियो । अनि श्रीरामले पनि कुनै अपराध बिना १४ वर्ष कारागारभन्दा कष्टप्रद वनबासमा बिताउनु परेको थियो नै । म उनीहरू कै भक्त हुँ । मेरा प्रभुले पाएको कष्टका अगाडि मैले पाएको यो कष्ट त निकै तुच्छ छ ।
अपरिवर्तनीय सत्य यो पनि छ, अध्यात्मको पथिकले समय समयमा अकल्पनीय परीक्षाहरूको सामना गरिरहनु नै पर्छ । भगवानले लिने परीक्षा पनि दिनु पर्छ, अनि मानिसबाट सिर्जित पनि । बस्, विचलित नभई जो सत् मार्गमा अगाडि बढ्छ । कठिनभन्दा कठिन परीक्षा पनि सहज बन्न थाल्छ । म हिजो जति आत्मविश्वासी थिएँ, आज पनि त्यति नै छु । कठिनभन्दा कठिन परीक्षामा उत्तीर्ण हुन्छु भन्ने ।
म कसको कोखबाट कहाँ जन्मिए, हुर्किए भन्ने कुराले मृत्युभन्दा कठिन मानिने सन्यासपथ ग्रहण गरेको मेरा लागि कुनै सम्बन्ध राख्दैन । बस्, आज म भगवत् कर्ममा समर्पित एउटा भगवतकर्मी मात्र हुँ । मैले जानेका बुझेका ज्ञान विज्ञानका मार्ग मेरा अनुयायीलाई पनि देखाउनु पर्छ भन्ने मान्यता राख्छु । म कुनै भगवान् होइन, भगवत् कृपा प्राप्त पञ्चमआश्रमी हुँ ।
त्यसैले यो समाजले कोरेका नातागोताको लौकिक सम्बन्धका घेराबाट पृथक् छु । "आत्म वत् सर्वभूतेषु" मेरा दर्शन हो । हरेक साधु झैँ । यो लोकमा जति मनुष्य विचरण गर्छन्, लौकिक आधारमा ती सबै मेरा आमा–बाबु, दाजुभाइ, दिदी–बहिनी हुन् । म गृहस्थाश्रममा कहिल्यै बसिन । भोक–वासना वा पत्नी–प्रेमिका जस्ता शब्द हाम्रा लागि त्याज्य हुन्, अशोभनीय हुन् । यस्ता आशक्ति मनमा उब्जिनु पनि महापाप हो । हो, गृहस्थाश्रममा बस्नेका लागि भने यो शब्दको महत्त्व बेग्लै हुन्छ । मैले बुझेको छु ।
उच्च अदालतको फैसला आउनु पूर्व नै म स्वास्थ्योपचारका लागि भारत गइसकेको थिएँ । सबैलाई थाहा छ, स्वास्थ्य कै कारण मैले धेरै रात विराटनगर कै अस्पतालमा समेत कटाउनु परेको थियो । तर, जुन बेला मैले उच्च अदालतको आदेश बारे सुनेँ, म तत्काल न्यायालय सामुन्ने हाजिर भएँ ।
फेरि पनि भन्छु, म भगवत् कार्यमा समर्पित "लोका समस्त सुखिन भवन्तु" को अभियन्ता हुँ । त्यसैले वर्तमानको विद्रुपताबाट सिर्जित हृदयगत संवेदना मभित्र पनि अत्यधिक छ । मन मेरो पनि रोएको छ । अनि अनायासै मेरा आँखा पनि रसाएकै छन् । मेरा इष्ट सम्झिएर आँखामा भेल पनि आउँछ नै, हिजोआज धेरै पटक । त्यसमा पनि एउटा नैष्ठिक ब्रह्मचारीमाथि यस्तो आरोप...!!! हे प्रभु...!" अनि उही परमेश्वरलाई सोध्छु, ‘प्रभु ! मैले के नै बिराएको थिएँ र ? मसँग यस्तो परीक्षा लिइरहेका छौँ ?’
मैले जीवनमा कुनै स्त्रीलाई आमा, दिदी–बहिनीभन्दा फरक नजरले हेरिन । त्यसैले म किञ्चित विचलित भएको छैन । तर, मलाई मेरा अनुयायीहरूको छट्पटाहटले भने पोल्छ । उनीहरूले ममाथि देखाइरहेको विश्वासले मन र मस्तिष्कमा समुन्द्रमा झैँ अनियन्त्रित लहर ल्याउँछ । उनीहरूको विश्वासलाई कायम राख्न सक्छु कि सक्दिन भनेर मन काँपिरहन्छ । तर, विश्वास छ, उनीहरूको विश्वास नै ममाथि लगाइएको यो झुटो कलङ्क धुने माध्यम बन्ने छ । मलाई थाहा छ, सत्यले सधैँ परीक्षा दिनै पर्छ ।
म जुन राष्ट्रमा जन्मिए, जहाँको भूमिमा हरित क्रान्ति ल्याउने अठोट गरेँ । पाशुपतसिद्ध महायोग साधनामार्फत चरित्रवान् सुसंस्कारित समाज निर्माणको सङ्कल्प गरेँ । परम्परागत आयुर्वेदिक चिकित्सा प्रणालीमार्फत हानीरहित स्वास्थ्योपचारलाई सुलभ बनाउने प्रयास गरेँ । मैले जति कर्म गरेँ, शास्त्र अनुरूप नै गरेँ । शास्त्रविपरीत मैले केही गरेको छैन । मानवमा देवत्व जगाउन पञ्च "स" को अभियानमा छु । पञ्च "स" अर्थात् स्वास्थ्य, शिक्षा, संस्कार, समृद्धि र शान्ति । राष्ट्र, राष्ट्रियता, धर्म संस्कार र संस्कृतिलाई मनमा राखेर वैदिक शास्त्र अनुसार मनुष्यमा देवत्व जगाउने मेरो सङ्कल्पलाई अहिले तुहाउने षडयन्त्र भइरहेको छ ।
यो भूमिको न्यायालय र न्याय पद्धतिप्रति मेरो पूर्ण आस्था र विश्वास छ । म हिजो पनि न्यायबाट तर्सिएर भागेको थिइन । आज पनि न्यायका लागि करुण रोदन गर्दिन । किनकि म समाधिसिद्ध महायोगी हुँ । सांसारिक प्रपञ्चले व्यक्तिगत रूपमा मलाई कुनै प्रभाव पार्दैन । हो, यसले मेरो अभियानमा केही समयका लागि आंशिक प्रभाव भने पार्न सक्छ ।
उच्च अदालतको फैसला आउनुपूर्व नै म स्वास्थ्योपचारका लागि भारत गइसकेको थिएँ । सबैलाई थाहा छ, स्वास्थ्य कै कारण मैले धेरै रात विराटनगर कै अस्पतालमा समेत कटाउनु परेको थियो । तर, जुन बेला मैले उच्च अदालतको आदेशबारे सुनेँ, म तत्काल न्यायालय सामुन्ने हाजिर भएँ । म आफ्नो मातृभूमिसँग गरेको वाचा र अभियानलाई अनाथ बनाएर भाग्ने छैन । यो झुटो कलङ्कका बारे त केही दिनमा स्पष्ट भई नै हालिन्छ । मलाई थाहा छ, मेरो आँसुको भार मेरो मातृभूमिलाई लाग्ने छैन । किनकि म निर्दोष थिएँ र छु, हमेसा रहने छु ।
म मातृभूमिको सेवामा फेरि नङ्ग्रा खियाउन चाहन्छु । मेरी आमाको अस्मितामाथि सलबलाइ रहेका, अनेकौँ तवरले चिथोर्न खोजिरहेका राक्षसी पन्जाबाट छुटकारा दिलाउन चाहन्छु । हरित क्रान्तिका माध्यमबाट मुलुकमा समृद्धि ल्याउन चाहन्छु । "जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी" को मूल मन्त्र हृदयमा राखेर ।
मलाई जुन दिनदेखि गलत आरोप लाग्यो । म त्यसमा कसैलाई दोषी मान्दिन । मलाई दोषी साबित गराउन अहोरात्र खटिरहनेहरूलाई पनि । ममाथि दोष लगाउनेहरू पनि कसैको आदेशको पालना गरिरहेका छन् । म पनि मेरो इष्ट "राम" कै आदेशको पालना गरिरहेको छु । मानव कल्याण अनि यो पावन भूमिको सतित्व रक्षाका लागि । मेरो अभियान जारी नै छ । चरैवेति, चरैवेति...।
याद गर नानी ! जसलाई गाईको रगत स्वादिष्ट लाग्छ । त्यस्तालाई गाई पुज्ने यो भूमिको के माया लाग्ला ? अहिले त्यही जमात सलह झैँ हाम्रो पवित्र भूमिलाई अपवित्र बनाउन लागिपरेका छन् । बुझ्नै पर्छ, बुझ ।
ममाथि भइरहेको षडयन्त्रलाई मैले मेरो मात्र चिन्ता मानेको छैन । यसलाई हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म संस्कार र संस्कृतिमाथिको कुप्रचार र खुल्ला प्रहारका रूपमा लिएको छु । हामीले देखेको बुझेकै छौँ । कसरी कुन षडयन्त्र रचेर यो पावन धर्तीबाट वैदिक दर्शनलाई सखाप पार्ने खेल भइरहेको छ भनेर । यो षडयन्त्र सहजै रोकिने छैन । मेरो चिन्ता यही हो । यस्तो चिन्ता लिने जो कोही एक दिन यस्तै षडयन्त्रको महाभूमरीमा फस्छ भन्ने मेरो अर्को चिन्ता पनि छ ।
दिदी–बहिनीको नजरले हेरेकाहरूबाट नै षडयन्त्र गर्दा कसको छाती नपोल्ला र ? कसको मन नतड्पिएला र ? कसको नयनबाट गङ्गा माता नबग्लिन् र ?
म ती नानीलाई बस् यति भन्छु, यो राष्ट्रको अस्मिताविरुध्द षड्यन्त्र रच्नेहरूको हितका खातिर तिमी यसरी प्यादा नबन ! नानी म फेरि पनि तिमीसँग दुई हात जोडेर भन्छु । मेरो अनि हाम्रो देशको धर्म–संस्कृतिलाई मास्ने पापी खेलमा लागेका दिग्गज खेलाडीको गोटी नबन । केही मुठा नोटका लागि जन्म दिने आमाबाट श्रापित नबन ।
याद गर नानी ! जसलाई गाईको रगत स्वादिष्ट लाग्छ । त्यस्तालाई गाई पुज्ने यो भूमिको के माया लाग्ला ? अहिले त्यही जमात सलह झैँ हाम्रो पवित्र भूमिलाई अपवित्र बनाउन लागिपरेका छन् । बुझ्नै पर्छ, बुझ ।
त्यो समूहको अन्तिम तारो म होइन । यो पवित्र भूमि र हाम्रो सनातन धर्मको रक्षाका लागि जसले साहस गरेर पाइला टेक्छ, उ भोलि यस्तै षडयन्त्रको सिकार बन्ने छ । यसतर्फ हामी निकै सचेत पनि बन्नुपर्ने छ ।
ममाथि लगाइएका आरोपले म विचलित भएको छैन । तर, मुलुक र धर्मको रक्षामा जीवन अर्पने जो कोही पनि यस्ता षड्यन्त्रको सिकार बन्लान् कि भन्ने चिन्ता मात्र छ । मलाई म बाँच्नु वा मर्नुसँग कुनै भय छैन । तर, जहाँ म बस्छु, त्यो देव भूमिमा भोलि गाईको वध होला भन्ने चिन्ताले बढी विचलित छु । अनि त्यही गाईको मासुको टुक्रासँगै होलीवाइनको खोला बगाइएला भन्ने चिन्ताले मन फेरि भक्कानिएको छ ।
सत्यमेव जयते ! धर्ममेव जयते ! जय सियाराम !
(नेपाल फ्ल्यास संवाददातासँग गरिएको कुराकानीमा आधारित)
हेर्नुस् भिडियो
महायोगी सिध्दबाबा सुनसरी जिल्ला अदालतमा उपस्थित हुनुअघि नेपाल फ्ल्याससँग ।