मंसिर ०६, २०८१, बिहीबार
               

बढ्दै तस्करी : कसले गर्दैछ बाघको शिकार

ज्ञानेन्द्र रावत
फागुन १६, २०७६

ADVERTISEMENT

भर्खरै मात्र भारतीय जनता पार्टीकी सांसद् तथा भारतको राष्ट्रिय बाघ संरक्षण प्राधिकरण (एनटीसीए) की सदस्य दीयाकुमारीले राजस्थानको रणथन्भौर राष्ट्रिय उद्यानबाट २६ बाघ गायब भएको आरोप लगाइन् । उनले लोपोन्मुख जीवनको रक्षा र संरक्षण गर्नु राष्ट्रिय उद्यानको कर्तव्य रहेको बताएकी छिन् । 

आरोप साँचो हो भने विश्वभरका वनजन्यु संरक्षणकर्ता स्तब्ध हुनुपर्ने अवस्था छ । दीया कुमारीले भारतका केन्द्रीय वन तथा पर्याावरण मन्त्री प्रकाश जावन्डेकरलाई पठाएको पत्रमा बाघ गायब भएको विषयमा छानविन गर्न उच्च स्तरीय जाँच समिति बनाउन आग्रह गरिएको छ ।

वन्यजन्तुको शिकारी गर्ने मानिसको पहिचान गरेर कडा कारबाही गर्नुपर्ने उनको माग छ । एकातर्फ भारत सरकारले बाघको संरक्षण र उनीहरुको संख्या वृद्धी भइरहेको दाबी गरिरहेको छ, अर्कोतर्फ बाघ बेपत्ता हुने र हत्याको क्रम बढिरहेको छ । 

बाघको संरक्षणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था ग्लोबल टाइगर फोरमको अध्ययनअनुसार बाघको आवासका लागि भारत उपयुक्त स्थल हो । अध्ययनअनुसार भारतमा कुल ३८ हजार ९ सय १६ वर्ग किलोमिटर इलाका बाघको बासस्थानका लागि अनुकुल छ ।

यो इलाका पुरै जंगलले घेरिएको छ, उच्च तापमान विविधता र मध्यम सुख्खा स्थिती बाघका लागि अनुकुल हुन्छ । यी इलाकामा बाघलाई पानीका लागि भड्कनु पर्दैन र मानिसले पनि निकै कम दुख्खल दिन्छन् । 

भारत सरकारको दाबी मान्ने हो भने, पछिल्ला ४ वर्षमा (२०१४ देखि २०१८ बीच) बाघको संख्या ३४ प्रतिशतले  छ । यसलाई संसारकै सबैभन्दा ठूलो वन्यजीवन गणना भनिएको छ । 

सन् २०१४ मा भारतमा बाघको संख्या २ हजार २ सय २६ मा झरिसकेको थियो, २०१८ सम्म यो २ हजार ९ सय ६७ मा पुगिसकेको थियो । तर, वन्यजीव विशेषज्ञ सरकारी आँकडालाई मान्न तयार छैनन् ।

जहाँसम्म बाघ संरक्षित क्षेत्रको कुरा छ, २०१४ मा यो संख्यान ६ सय ९२ थियो भने अहिले बढेर ८ सय ६० पुगेको छ । यतिमात्र होइन, सामुदायिक संरक्षित क्षेत्रको संख्या पनि बढेर ४३ बाट १ सय पुगेको छ । 

२०१८ को गणनालाई मान्ने हो भने मध्यप्रदेशमा भारतकै सर्वाधिक ५ सय २६ वटा बाघ छन्, त्यसपछि कर्नाटकमा ५ सय २४ र उत्तराखण्डमा ४ सय ४२ बाघ छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाघ बचाउने प्रयासलाई तेजसँग अघि बढाउन निर्देशन दिइसकेका छन् । पक्कै पनि यो प्रशंसनीय र स्वागतयोग्य छ । तर वन्यजीवन अभियन्ताहरुका अनुसार सरकारले बाघको संख्या बढाउने दाबी गरिरहदाँ त्यही देशमा चोरी शिकारी बढ्नु खतरनाक छ ।

पछिल्ला चार वर्षमा झन्डै ३ सय करोडभन्दा धेरै वन्यजीन उत्पादन भारतमा बरामद भएका छन्, यो यसले देखाउँछ कि तस्करहरुलाई कसैको डर छैन । 

भारत सरकारले पछिल्ला १० वर्षमा झन्डै ५ सय ३० बाघको मृत्यु भएको दाबी गरेको छ, जसकी वन्यजीवन विशेषज्ञहरु यो संख्या यसभन्दा अधिक रहेको बताउँछन् ।

बाघको आवास स्थल अर्थात् जंगलमा अतिक्रमण, प्रशासनिक कुप्रबन्धन, जंगलका प्राकृतिक स्रोतको उत्खनन,  जलस्रोतको कमी, मानिसको बढ्दो आवादीलगायत बाघ संरक्षणका चुनौती हुन् ।

बाघबीचकै आपसी संघर्ष र दिनदिनै बढ्दो अवैध शिकारका कारण मृत्युको संख्या हरेक वर्ष बढ्दो छ । वन्यजन्तु संरक्षण अभियानको प्रबन्ध बढ्दा–बढ्दै पनि बाघ किन गायब हुदैंछन् वा शिकारीको हातबाट मारिएको छन्, यसको जवाफ कसैसँग छैन । 

(भारतीय सञ्‍चारमाध्यम अमर उजाला डटकमबाट)

लेखक वन्यजन्तु संरक्षण अभियन्ता हुन् ।

कस्तो लाग्यो ?

यो पनि