बैशाख २२, २०८१, शनिबार
               

जात र र‌ंगको विभेद– मेरो रगत रातो छ कि खैरो !

मनदीप राय
फागुन ०७, २०७६

ADVERTISEMENT

‘तपाईँ आफू सारा स‌ंसारको नागरिक हुँ भन्ने भ्रम पालेर बस्नु हुन्छ भने तपाई कहीँको पनि नागरिक बन्न सक्नुहुन्न ।’ 

यी शब्द आफ्नो ८ वर्षे छोरासँगै लन्डनमा बस यात्रा गरिरहँदा मेरा कानमा गुन्जिए । शब्दका ती तीता शब्द उनीहरूले मलाई नै सुनाइरहेका थिए । किनकि त्यो बसमा यात्रा गर्ने अश्वेत यात्रु भनेको म र मेरो छोरा मात्रै थियौँ । 

ती शब्दले मलाई आफ्नो बाल्यकालमा फर्काइदियो, सन् १९८० को दशकमा बेलायतमा रङ्गभेद सामान्य थियो र हामीलाई लाग्थ्यो फेरि कहिल्यै यस्तो दिन देख्न नपरोस् । बहुसांस्कृतिक बर्मिङहममा जन्मिएको भए पनि म ग्लोचेस्टरस्राइनको पुरै गोराहरु बस्ने गाउँमा हुर्किएँ । 

म ब्रिटिस शिख हुँ, त्यसैले हिंसाले घेरिएँ । मेरा बाबुआमाको पसलको झ्यालमा गोराहरूले ढुङ्गा हान्थे, एक पटक मेरी आमाको टाउकोमै लाग्यो पनि ।

सन् २०१८–१९ मा छालाको रंगका आधारमा हुने घृणाजन्य अपराध त्यसभन्दा अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढेको थियो, ७८ हजार ९ सय ९१ जना यसको सिकार भए– पाँच वर्षअघिको तुलनामा यो स‌ख्या दोब्बर बनेको छ । 

त्यसपछि हामीले झ्यालमा रेलिङ हाल्याै‌ ।  स्कुलमा एक जनाले मेरो नाक नै फुटाइदिए । त्यसपछि उनले मेरो रातो रगत कि खैरो भनेर जाँच्नका लागि कुटेको बताए । 

जसले रङ्गभेद अनुभव गरेको छ, उसले भन्न सक्छ  घाउको खाटा बस्न तपाईँको शरीरमै चोट लाग्नुपर्छ भन्ने छैन । यात्रु बसमा हामीलाई के भनिएको थियो र त्यस्ता शब्द किन प्रयोग गरियो भनेर छोरालाई बिस्तारमा बुझाउँदा जुन पीडा हुन्छ, सायद हड्डी भाँचिदा त्यति हुँदैन होला ।

बसमा मेरो भोगाइले बेलायतमा पछिल्ला वर्षको दुखद शृ‌खलाको वर्णन गर्छ, विभिन्न अध्ययनले यसै भन्छ । गत वर्ष गरिएको सर्वेक्षणअनुसार अल्पसङ्ख्यक समुदायका ७१ प्रतिशत व्यक्तिले रङ्गभेद व्यहोरेका छन्, जबकि तीन वर्षअघि यो अवस्था ५८ प्रतिशत थियो ।

प्रहरी तथ्याङ्कअनुसार सन् २०१८–१९ मा छालाको रंगका आधारमा हुने घृणाजन्य अपराध त्यसभन्दा अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढेको थियो, ७८ हजार ९ सय ९१ जना यसको सिकार भए– पाँच वर्षअघिको तुलनामा यो स‌ख्या दोब्बर बनेको छ । 

फुटबल हेर्न बेलायतमा विभिन्न रंग र जातका ठुलो समूह उपस्थित हुन्छन्, त्यसैले यसलाई सामाजिक मुद्दा मापन गर्ने सामान्य सूचकाङ्क मानिन्छ, पछिल्लो समय यहाँ रङ्गभेदका घटना कम हुँदै थियो, तर गत वर्ष ५० प्रतिशतले बढेर ९८ बाट १ सय ५२ पुग्यो  । 

मैले मेरो आफ्नै समुदाय पछिल्ला केही वर्षमा बारम्बार रङ्गभेदको निशानामा परेको देखेको छु । इडिनवर्ग गुरुद्वारा, जहाँ मानिसहरू प्रार्थनाका लागि भेला हुन्छन्, त्यहाँ सन् २०१८ मा आक्रमण भयो । गत वर्ष मेरो गृहनगर स्मिथविक, बर्मिङह्याममा प्रथम विश्वयुद्धमा बेलायतका लागि लडेका शिख सैनिकहरूको स्मारक अनावरण भएको थियो, केही दिनमै त्यसलाई ध्वस्त पारियो । 

सन् २०१६ को ब्रेक्जिट जनमतसंग्रह र त्यसपछि बढेको रङ्गभेदको यो बाढीले धेरैलाई बगाएको छ । युरोपेली  युनियनबाट बेलायतको बर्हिगमनले  भयङ्कर केही हुनेवाला छैन । जबसम्म कुनै आधार बिना पुरानै अन्यायको पुनरावृत्ति हुन्छ । अनि त्यो अन्याय गर्न प्रेरित गरिन्छ हरियो झन्डा देखाइन्छ । 

वयस्क हुँदा मैले सोचेको थिएँ, बाल्यकालमा मैले भोगेको रङ्गभेद अब विगत बनिसक्यो । अहिले लाग्दै छ, रङ्गभेद सहजै उन्मुलन हुनेवाला छैन, यसले समाजका सीमान्तकृतलाई फेरि सताउँदै छ । 

समाजले स्विकार्न छाडेपछि शान्त हुँदै गएको रङ्गभेदले फेरि बेलायतमा मौलाउने वातावरण पाएको छ । ब्रेक्जिटले बेलायती समाजलाई थप विभाजित गरेको अर्को यर्थाथ पनि छ । 

यो विभाजनले राजनीति मात्र होइन, समाजको आधारभूत मान्यतामा पनि जरो गाडेको छ ।  मानिसहरू छुट्टा–छुट्टै हुर्कने यी मान्यताले हाम्रो व्यक्तित्व र निर्णयलाई परिभाषित गरिरहेको छ ।  

मूल्य–मान्यताले राष्ट्रिय संस्कार र समाजमा कस्तो भूमिका खेल्छ भन्ने मूल्याङकन गर्दै मैले पछिल्ला दुई दशकमा विश्वका १ सय ५० देशमा रिपोर्टिङ गर्दै बिताएको छु । 

त्यसैले सामाजिक मान्यताहरूले समाजलाई जोड्ने र तोड्ने काम गर्छ । योजना र विज्ञहरूमार्फत विभिन्न समुदायका फरक पुस्तालाई यसले एक ठाउँमा ल्याउँछ । तर, सन् २०१६ यता हामीले बेलायतमा वर्गीय खाडल देखेका छौँ ।

ती व्यक्ति जसले युरोपेली युनियनमै बस्ने पक्षमा मतदान गरे उनीहरू खुलापन, एकता र समावेशिताको पक्षमा थिए । जसले छुट्टिने पक्षमा मतदान गरे उनीहरूका लागि नियन्त्रण र राष्ट्रिय पहिचानजस्ता योजना साझा बन्यो । 

पूर्व प्रधानमन्त्री थिरेसा मेले यस विभाजनलाई दुर्घटना भनेकी थिइन्, ‘तपाईँ आफू सारा संसारको नागरिक हुँ भन्ने भ्रम पालेर बस्नु हुन्छ भने तपाईँ कहीँको पनि नागरिक बन्नुहुन्न ।’ 

अनुसन्धानले देखाएको छ, सन् २०१६ को जनमतसंग्रहपछि यो खाडल फराकिलो बन्दै गएको छ । खास गरी, युरोपेली युनियनमा बस्ने पक्षमा मतदान गर्नेहरू वामपन्थी र उदारवादीसँग थप नजिक भएका छन्, विगत झैँ ।

पूर्व प्रधानमन्त्री थिरेसा मेले यस विभाजनलाई दुर्घटना भनेकी थिइन्, ‘तपाईँ आफू सारा संसारको नागरिक हुँ भन्ने भ्रम पालेर बस्नु हुन्छ भने तपाईँ कहीँको पनि नागरिक बन्नुहुन्न ।’ 

पछिल्ला तीन वर्षभन्दा लामो समय बेलायतमा देखिएको आधारभूत विभाजन ती व्यक्तिबीच छ, जो ब्रेक्जिट जनमत सङ्ग्रहको नतिजालाई कार्यान्वयन गर्न चाहन्थेँ र जो यसलाई उल्ट्याउन चाहन्थेँ । 

ब्रेक्जिट अब यथार्थ बनिसकेको छ । तर विभाजन चाहे यसले सिर्जना गरेर सतहमा ल्याएको नै किन नहोस्, अब लामो समयसम्म रहिरहनेछ । दुई पक्षले आफ्ना मान्यताबीचको खाडललाई जोड्न पुल निर्माणको प्रयास गर्छन् वा एकअर्काविरुद्ध चिच्याएर फरक–फरक कित्तामा रहने निर्णय गर्छन् । यसैले नै आगामी केही वर्षसम्म बेलायती राजनीति र समाजको भविष्य निर्धारण गर्नेछ ।

थप स्वतन्त्रता, खुला समाजको विश्वव्यापी सोच राख्ने बेलायतीहरूका लागि अहिले निकै तनावपूर्ण समयबाट गुज्रिरहनु परेको छ । तर यहाँ आशाका केही छाया देखिएका पनि छन् । जब तपाईँका विचार कुल्चिएका हुनेछन्,  ती विचारको मूल्य बुझ्न र प्रेरित हुन यो जति शक्तिशाली अभियान अर्को हुनेछैन । 

हाम्रो मान्यताले अर्थ राख्छ किनकि यो हाम्रो वटमलाईन हो – हामी त्यस्तो देशमा जागिर खान वा कसैसँग नाता गाँस्न अनि बस्न सक्दैनौँ जहाँ हाम्रो विचार प्रवाह गर्ने सबै ढोका बन्द हुन्छन् । पछिल्ला चार वर्षमा धेरैले आफ्ना यी मान्यता पराजित भइरहेको अनुभव गरेका छन् ।

समाजमा फर्कदैं गरेको नस्लवादको विरोध गरेर यसलाई बदल्न थालिएको छ, तर यो आधा युद्धमात्रै हो । हामी स्वयंले पनि आफ्ना मान्यतालाई पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता छ– हामी जे देखाउँछौ, त्यसका लागि हामी त्यति नै दह्रोसँग उठ्न सक्ने बन्नु पर्छ । हामी जुन अडानमा अडिग रहन सक्छौँ, त्यही मात्र देखाउनुपर्छ । 

- सीएनएन डटकमबाट 

राय लेखिका तथा पत्रकार हुन् । उनले १ सय १ देशले जीवनको लक्ष्य र नेतृत्वबारे के सिकाउँछन् भन्ने विषयमा ' द भ्यालुज अफ कम्पास' नामक पुस्तक लेखेकी छिन् ।

कस्तो लाग्यो ?

यो पनि