बैशाख २३, २०८१, आइतबार
               

चुनावको बाचा भुल्यौं, राष्ट्रियता कमजोर भयो

देव गुरुङ
भदौ २६, २०७६

ADVERTISEMENT

नेपालमा गलत संस्कारको विकास हुँदै गएको छ । पैसाको लागि जे पनि गर्ने प्रकारको दलालीको संस्कार र संस्कृति जसरी बढ्दै छ । त्यो एजेन्सीको संस्कृति हो । एजेन्सीको संस्कृति राज्यका अंगहरूमा हावी भइरहेको छ । 

नेपाली राष्ट्रियता कमजोर हुँदै गएको छ । राष्ट्रियताको पक्षमा अभियान चलाइएन । स्वाधीनताको पक्षमा अभियान गरिएन । त्यसैले न्यायालयजस्तो पवित्र स्थललाई पनि एउटा एनसेलजस्तो बहुराष्ट्रिय कम्पनीले अपवित्र बनाइदिएको छ । 

राज्यका अंगहरुमा बहुराष्ट्रिय कम्पनीहरु हावी हुन थाल्नु चिन्ताको विषय हो । पैसाको खेलमा उल्टोपाल्टो जे पनि गर्न सक्ने भयो । 

हामीले अब हामीले सबै ठाउँमा राष्ट्रिय स्वाभीमान अभियान चलाउन जरुरी छ । अहिलेको हाम्रो चिन्तन, मनस्थिति बहुराष्ट्रिय कम्पनी तथा एनजिओ–आइएनजिओसँग दलाली गर्ने खालको छ । उनीहरुले आमन्त्रण गर्दिए दश हात उफ्रने, घुँडा टेक्दै हिँड्ने र आत्मसमर्पण गर्ने प्रवृत्ति छ । 

यसका विरुद्ध अब देशभित्र स्वाधीनताको अभियान चलाउनु पर्छ । त्यो देशभक्त अभियान हो । अनि राष्ट्रवादी अभियान हो । सबै मुक्त भएर नेपाल बच्यो भने बाँकी मुद्दा भविष्यमा मिलाउँदै जान सकिन्छ । देशै नरहे के मिलाउने ?

अहिले नेकपाको दुईतिहाइको सरकार छ । जनताले यो सरकारबाट आशा र भरोसा राखेका छन् । जनताका आशा अपेक्षा छन्, त्यसलाई धेरै अन्यथा भन्न मिल्दैन । हिजोका बाचा किन पूरा नगरेको भनेर जनताले प्रश्न गरिरहेका छन् । 

चुनावको बेला कतिपय नेताहरूले दुईतिहाइ बहुमत ल्यायौँ यो गर्छौ र त्यो गर्छौ भने । देशमा आमुल परिवर्तन भइसकेको छ भने । सबै कुरा हाम्रो हातमा आइसकेको छ भने । अहिले हाम्रो दुईतिहाइको सरकार छ । तर जनतासँग गरिएका बाचा पूरा गर्न सकिएको छै । जनताले हामीलाई समाउन थालेका छन् ।

(राजधानीमा आयोजित एक कार्यक्रममा व्यक्त विचारको प्रमुख अंग) 

गुरुङ नेकपा संसदीय दलका प्रमुख सचेतक हुन् ।

कस्तो लाग्यो ?

यो पनि