बैशाख २४, २०८१, सोमबार
               

हिन्दु राष्ट्रका लागि जनमत संग्रहमा जानैपर्छ : शशांक कोइराला

शशांक कोइराला
असार १९, २०७६

ADVERTISEMENT

२०४८ सालमा गिरिजाबाबु प्रधानमन्त्री भएर आउनु भयो। उहाँले अर्थतन्त्रको क्षेत्रमा एउटा उदारवादी नीति ल्याउनुभयो । त्यसले निजी मेडिकल कलेज, विश्व विद्यालयहरू खुले। धेरै क्षेत्रमा अवसर खुल्यो । त्यो विपीको सिद्धान्तभन्दा केही फरक भएको सत्य हो । विपीको बाटो भुलेको भनियो ।

तर यथार्थ त्यस्तो होइन । त्यो त्यो तत्कालीन परिस्थितिको उपज थियो । हामीले हिँड्नुपर्ने बाटो नै विपीले देखाएको बाटो नै हो । गिरिजाबाबु पनि मूलतः उहाँकै बाटोमा हिँड्नु भएको हो । कतिपय बेला देश, काल र समयअनुसार हिँड्नु पर्छ ।

उहाँको नीतिले ५५ लाख नेपाली विदेश जान पाएका हुन् । आज यो देश रेमिट्यान्सले नै धानिएको छ । पञ्चायतकालमा सर्वसाधारणलाई राहदानी बनाउन नै असहज थियो । नेपाली काँग्रेसले लिएको उदारवादी नीतिले गर्दा धेरैले वैदेशिक रोगजारीको अवसर पाए ।

मेरो भनाइचाहिँ हिन्दु राष्ट्रका लागि जनमत सङ्ग्रहमा जानुपर्छ भन्ने हो । जनमत सङ्ग्रह गराएर हिन्दु राष्ट्र ल्याउनुपर्छ । त्यसरी ल्याउँदा सबैले चित्त बुझाउनु पर्छ । दिगो पनि हुन्छ ।

अबका दिनमा भने युवाहरूलाई यही परिचालन गर्नुपर्छ । युवालाई राष्ट्र निर्माणमा अवसर दिनुपर्छ । तर, हामीले विदेश जान रोक्नचाहिँ सक्दैनौँ । देश विकासमा योगदान गर्ने ६० प्रतिशत ऊर्जाशील युवा अहिले विदेशमा छन् । भोलिका दिनमा नयाँ रणनीतिका साथ युवालाई नेपालमै रोजगारी दिने वातावरण बनाउनुपर्छ ।

उदारवादी नीति पनि विपीबाटै सुरु भएको थियो । जसको जोत उसको पोत, भूमिसुधारजस्ता क्रान्तिकारी कमद पनि उहाँले नै सुरु गर्नुभएको हो । हामीले त्यसैका आधारमा अगाडिका दिनहरूमा पनि काम गर्नुपर्छ । काँग्रेस विपीको समाजवादी चिन्तन र उहाँको विचारबाट पृथक् भएर अगाडि बढ्नै सक्दैन । यथार्थ त्यही हो ।
---

हिन्दु राष्ट्रबारे मेरो आफ्नै दृष्टिकोण छ । काङ्ग्रेसभित्र र संसद्माभ धेरै धार्मिक समूह छन् । उनीहरूको नेतृत्व गरेको छु मैले । मलाई लाग्छ अब हिन्दु राष्ट्र हुनुपर्छ । हाम्रो पार्टीको दिवङ्गत नेता खुमबहादुर खड्काले त हिन्दु राष्ट्रको एजेन्डालका अगुवा नै हुनुहुन्थ्यो ।

मेरो भनाइचाहिँ हिन्दु राष्ट्रका लागि जनमत सङ्ग्रहमा जानुपर्छ भन्ने हो । अरू राजनीतिक उथलपुथल त एक किसिमले सामान्य भएको छ । माओवादीले बन्दुक छाड्यो । उनीहरू मूलधारमा आएका छन् । अब जनमत सङ्ग्रह गराएर हिन्दु राष्ट्र ल्याउनुपर्छ । त्यसरी ल्याउँदा सबैले चित्त बुझाउनु पर्छ । दिगो पनि हुन्छ ।  

यो बहुसङ्ख्यक नेपालीको आवाज पनि हो । बहुसङ्ख्यक मात्र होइन बौद्धमार्गी र हिन्दु बाहुल्य नेपालमा अरूलाई आफ्नो धर्म मान्न बाधा नपुग्ने गरी हिन्दु राष्ट्र बन्दा कसैको अहित हुँदैन ।

अहिले प्रलोभनमा पारेर नेपालमा अन्य धर्म फैलाउने काम भइरहेको छ । त्यो रोकिनुपर्छ । प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन पाइँदैन । गरिब जनता धर्मको नाममा किनबेच हुन दिनु हुँदैन । स्थानीय प्राकृत धर्म मान्ने जातजातिका धर्म संरक्षण गर्न काँग्रेस अग्रसर हुनुपर्छ । र हुन्छ पनि । अबका दिनमा यो मुद्दा जोरस्वरले उठ्छ ।
---
हामी आउँदो निर्वाचनमा काँग्रेस कम्तीमा ५१ प्रतिशत जितको लक्ष्यका साथ होमिने हो । त्यसका लागि विचार सङ्गठन र रणनीतिमा निखार आउन जरुरी छ । कुराले मात्र हुँदैन । गैरकम्युनिस्ट एकै ठाउँमा उभ्याउन हाम्रो प्रयास रहने छ । हामी गैरकम्युनिस्टलाई पार्टीमा आउन आग्रह गर्छौँ । विश्व समुदाय र जनमत काँग्रेसको पक्षमा रहको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किमजोङ उन जस्ता दुई विपरीत ध्रुवका नेताले अं कमान गरिसकेका छन् । हामी नेपालमा प्रजातान्त्रिक गठबन्धन बनाउन सक्षम छौँ । त्यसका लागि हाम्रो पार्टीलाई एकमत बनाउने प्रयासमा छौँ । हाम्रो प्रयास टुङ्गोमा पुग्छ ।
 

कुराकानीमा आधारित

कोइराला नेपाली का‌ंग्रेसका महामन्त्री हुन् ।

कस्तो लाग्यो ?

यो पनि