बैशाख २३, २०८१, आइतबार
               

मदन भण्डारीको हत्यारा पत्ता लगाउन केले रोक्छ ?

पुष्पकमल दाहाल
असार १५, २०७६

ADVERTISEMENT

कमरेड मदन भण्डारीको त्यो प्रवृत्ति जसले सोच्ने, विचार निर्माण गर्ने र नीति कार्यक्रम विकास गर्ने तरिका त्यसअनुसार आफूलाई ढाल्ने गर्‍यो । त्यसलाई आत्मसाथ गर्ने ठाउँमा हामी आइपुगेकै हौँ ।

परिर्वतनसँगै राजनीतिक स्थायित्व कसरी दिने, समृद्धिको आकाङ्क्षा कसरी सम्बोधन गर्ने, विकास कसरी गर्ने भन्नेबारे सोच्दा एकताबाहेक अरू ठाउँ छैनौँ भन्नेमा हामी पुगेकै हो । त्यसैले मदनको अवसान भएकै दिन पार्टी एकता घोषणा गरिएको हो।

हामी अब कुनै आग्रहका साथ पछि हटेर होइन, कुनै पूर्वाग्रह समातेर होइन । मदन भण्डारीले जस्तै सबैखाले संकीर्णता र पूर्वाग्रहलाई जितेर परिस्थितिले के माग गरेको छ भन्ने गहिरो आत्मसाथ गर्ने, स‌ंभव भएसम्म सबैलाई मिलाएर अगाडि बढ्ने र जनताको समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न अगाडि बढ्ने सङ्कल्प नै उहाँबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ ।

कमरेड मदन भण्डारीको अवसान रहस्यमय भयो । हामी प्रायः सबैलाई लाग्छ, उहाँको हत्या भएकै हो । त्यो दुर्घटना थिएन, नियोजित घटना थियो । तर आजका मितिसम्म पनि त्यो हत्या नै हो र हत्यारा फलानो नै हो भनेर किटेर भन्न सक्ने प्रमाण प्रस्तुत गर्न सकेनौँ । विदेशी शक्तिले गरेको हो कि देशभित्रैबाट भएको हो ? त्यो पनि भन्न सक्ने स्थिति छैन ।

नेपालको इतिहासमा उच्चस्तरका राजनीतिक हत्याको लामो श्रृंखला छ । राणा शाहीको उदय कोतपर्वबाट भयो । थुप्रै हत्या प्रतिहत्याका घटना हाम्रो समाजले देखेको छ ।

कमरेड मदन भण्डारीको अवसान रहस्यमय भयो । हामी प्रायः सबैलाई लाग्छ, उहाँको हत्या भएकै हो । त्यो दुर्घटना थिएन, नियोजित घटना थियो । तर आजका मितिसम्म पनि त्यो हत्या नै हो र हत्यारा फलानो नै हो भनेर किटेर भन्न सक्ने प्रमाण प्रस्तुत गर्न सकेनौँ । विदेशी शक्तिले गरेको हो कि देशभित्रैबाट भएको हो ?

पछिल्लो चरणमा मदन भण्डारी र जीवराज आश्रितको जसरी अवसान भयो, त्यो रहस्यमय छ, नियोजित छ भनेर भनेका छौँ । कताकता गाडी ड्राइभरको जसरी हत्या हुन गयो, त्यसबाट प्रमाण नष्ट पो हुन गयो कि भन्ने लाग्छ । उसलाई मात्र बचाइराख्न सकेको भए कुनै दिन यथार्थ बाहिर आउँथ्यो ।

मदन भण्डारी–जीवराज आश्रमको भयानक हत्याकाण्डपछि दरबार हत्याकाण्ड भयो । त्यो अर्को भयानक हत्याकाण्ड । त्यसको पनि यसैले नै हो भन्न सक्ने ठाउँमा छैनौँ । मैले पहिलो पटक प्रधानमन्त्री हुँदा नारायणहिटी अगाडि उभिएर भनेँ, (हत्यारा) पत्ता लगाई छोडिन्छ तर… । तर पत्ता लगाउन सकिएन । कहिलेकाहीँ अनौठो लाग्छ, केले दिँदैन हामीलाई ?

मदन भण्डारीको त्यो रहस्यमय अवसान किन भयो ? मदन भण्डारी बाँचिराख्यो भने त यसले नेपाल खाने भयो भन्ने भय थियो भन्ने बुझ्न गाह्रो छैन । खुलामञ्चमा उभिएर राजा र सामन्तवादका प्रतिनिधिहरूलाई चोरऔंला ठड्याएर ‘हिम्मत छ भने श्रीपेच फुकालेर मैदानमा आऊ’ भन्न सक्ने, लाखौँ जनतालाई उद्देलित तुल्याउने नेताको हैसियत मदन भण्डारीमा थियो ।
वैदेशिक प्रतिक्रियावादीहरूलाई पनि ठा–ठाडै लल्कार्ने, उनीहरूले बोलाउँदा फुर्सद छैन भन्न सक्ने नेता पनि हो मदन भण्डारी ।

हामीले दोषी पत्ता लगाउन सकेका छैनौँ । त्यस्तो घटना दोहोरिँदैन भन्ने सुनिश्चितता गर्न सकेका छैनौँ । दोषी पत्ता लगाएर त्यसलाई जनताको बीचमा ल्याउन सक्दा हामीले छाला जोगाउनु पर्दैन । नभए प्रश्न उठ्छ । यसबारे हामी घोत्लिन आवश्यक छ ।

मदन भण्डारी गतिशील, सिर्जनाशील, परिस्थितिलाई सूक्ष्म ढङ्गले विश्लेषण गर्ने र त्यसअनुसार नीति कार्यक्रम विकास गर्ने नेता थिए ।

उहाँको सच्चा उत्तराधिकारी बन्ने उद्देश्यले हामीले असोज १७ मा चुनाव पनि मिलेर लड्छौँ । पार्टी एकता पनि गरिछाड्छौँ भनेर घोषणा गरेका हौँ । हामी हिजो अलग अलग हुँदाहुँदै एक ठाउँमा आयौँ । १२ बुँदे, शान्ति सम्झौता, संविधान निर्माणमा सहकार्य गर्‍यौ ।

- मदन भण्डारी फाउन्डेसनद्वारा मदन भण्डारीको ६८ औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेकपा अध्यक्ष दाहालले दिएको मन्तव्यको स‌ंक्षेप ।

 

दाहाल नेकपाका अध्यक्षमध्येका एक हुन् । उनी प्रचण्डको उपनामले परिचित छन् ।

कस्तो लाग्यो ?

यो पनि