चैत १५, २०८०, बिहीबार
               

एनआरएनए अध्यक्षमा रविना थापालाई सहयोग गर्ने जनसम्पर्क समिति बेलायतको निर्णय

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

नेपाली जनसम्पर्क समिति बेलायतले आगामी अक्टोबरमा हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा अध्यक्षकी प्रत्यासी रविना थापालाई सहयोग गर्ने निर्णय गरेको छ ।

समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । थापा नेपाली जनसम्पर्क समिति, जापान र अमेरिकाको समेत संस्थापक सदस्य हुन् । 

बैठकमा नेपाली कांग्रेसको क्रियाशील सदस्यताको प्रक्रिया र मितिबारे विभिन्न निर्णय भएका छन् । यस्तै, बेलायतका कार्यसमितिका पदाधिकारीहरू, सदस्यहरू, सल्लाहकारहरू, क्रियाशील सदस्यहरू, केन्द्रीयसभा सदस्यहरूलाई कांग्रेस महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिनेसमेत निर्णय गरिएको छ।

संघको अक्टोबरमा हुने १०औं महाधिवेशनका लागि वर्तमान उपाध्यक्ष डा. बद्री केसी र कुल आचार्यले समेत उम्मेदवारी घोषणा गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि