बैशाख २६, २०८१, बुधबार
               

फेरि तनावग्रस्त मणिपुर

नेपाल फ्ल्यास
असोज १०, २०८०

ADVERTISEMENT


काठमाडौं । भारतको मणिपुर पुन तनावग्रस्त बनेको छ । आन्दोलनमा रहेका विद्यार्थी र सुरक्षाकर्मीबीच गएराति झडप हुँदा ४५ जना घाइते भएका छन् । हिंसा प्रभावित क्षेत्र इंफाल घाटीमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।


यसअघि गएको मे महिनामा मणिपुरमा जातिय हिंसा भड्किएको थियो । जातिय हिंसामा परेर १ सय ७५ जना भन्दा धेरैको ज्यान गएको थियो । त्यतिबेला बन्द गरिएको इन्टरनेट सेवा गएको ६ गते खुलाइएको थियो । 

मणिपुरमा गएको जुलाई ६ तारिख अर्थात असार २१ गते दुई जना छात्रको हत्या भएको थियो । यसको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । हिंसा भड्किए पछि मणिपुर सरकारले आज विद्यालय बन्द गरेको छ । यस्तै, अफवाह फैलिन नदिन इन्टरनेट सेवा समेत पाँच दिनका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । 
 


कस्तो लाग्यो ?

यो पनि