बैशाख २५, २०८१, मंगलबार
               

पर्यटकीय केन्द्र बन्दै टर्की
सात महिनामा ३ करोड ३४ लाख पर्यटक टर्की पुगे

नेपाल फ्ल्यास
असोज ०७, २०८०

ADVERTISEMENT

टर्कीमा बितेको सात महिनामा तीन करोड ३४ लाख पर्यटक पुगेका छन् ।

टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले गएको जनवरीदेखि अगष्ट महिनासम्मको विवरण सार्वजनिक गर्दै सात महिनामा तीन करोड ३४ लाख जनाभन्दा धेरै विदेशी पर्यटकले भ्रमण गरेका बताएको चिनियाँ सामाचारसंस्था सिन्ह्वाले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा १३ दशमलव ९५ प्रतिशतले धेरै हो ।


कोरोना महामारीबाट प्रभावित भएको टर्कीको पर्यटन व्यवसाय लयमा फर्किसकेको छ । टर्कीमा सबैभन्दा धेरै रुस, जर्मनी र बेलायतका नागरिकहरु घुम्न जाने गरेका छन् ।  

टर्कीमा पर्यटकीय क्षेत्र आर्थिक केन्द्रका रुपमा रहेको छ । अघिल्लो वर्ष अर्थात सन् २०२२ मा टर्कीमा पाँच करोड १४ लाख पर्यटक पुगेका थिए । यस वर्ष अब पर्यटकीय सिजन शुरु भएकोले यो सङ्ख्यामा राम्रो सुधार हुने अपेक्षा रहेको टर्कीले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि