बैशाख २६, २०८१, बुधबार
               

क्यानडामा भएको सिख नेता हत्या प्रकरणमा भारतलाई विशेष छुट हुँदैन : अमेरिका

नेपाल फ्ल्यास
असोज ०५, २०८०

ADVERTISEMENT

क्यानडामा खालिस्तान पक्षधर सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयमा भारतलाई कुनै विशेष छुट नदिने अमेरिकाले बताएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले यस विषयमा अमेरिका सरकार भारत र क्यानडा दुवै देशका उच्च अधिकारीसँग सम्पर्कमा रहेको भन्दै भारतलाई छुट नहुने बताएको बीबीसीमा उल्लेख छ । 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय गुप्तचरको संलग्नता रहेको कुरा संसदमा बताएपछि दुई देशबीचको सम्बन्धमा दरार आएको छ । 

अमेरिका भारतसँगको सम्बन्धलाई बलियो बनाउने प्रयासमा छ । तर, निज्जरको हत्याका सन्दर्भमा पत्रकारसँग कुरा गर्दै सलिभनले अमेरिका जुनसुकै देश प्रभावित भए पनि आफ्नो सिद्धान्तको पक्षमा अडिग रहने बताए । इरान, साउदी अरब र भियतनामपछि अब भारतसँग पनि त्यस्तै परिस्थिति उत्पन्न भएको सङ्केत गरेको पनि बीबीसीले उल्लेख गरेको छ । 

भारत सरकारले शुरुदेखि नै क्यानडाले लगाएको आरोपलाई अस्वीकार गर्दै आएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि