बैशाख २५, २०८१, मंगलबार
               

भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक पारित

नेपाल फ्ल्यास
असोज ०४, २०८०

ADVERTISEMENT

भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक लोकसभाबाट पारित भएको छ ।

भारतीय जनता पार्टी ९भाजपा० को सरकारले संसद्को विशेष अधिवेशन डाकेर यो विधेयक ल्याएकोमा लोकसभाबाट अत्यधिक बहुमतसहित पारित भएको हो ।

विधेयकको पक्षमा ४ सय ५४ मत र विपक्षमा २ मत मात्रै परेको बीबीसी हिन्दीमा उल्लेख छ ।  अब माथिल्लो सदन राज्यसभाबाट पनि विधेयक पारित हुनुपर्नेछ । महिला आरक्षण विधेयक अनुसार अब लोकसभा चुनावमा भारतीय महिलाका लागि कम्तीमा ३३ प्रतिशत सिट आरक्षण हुनेछ ।

लोकसभाको ५ सय ४३ सिटहरूमध्ये १ सय ८१ सिट महिलाका लागि आरक्षित हुनेछन् । अहिले लोकसभामा ८२ जना महिला रहेका छन् । यस्तै, राज्यका विधानसभामा पनि महिलाका लागि सिट आरक्षित हुनेछन् ।

भारतमा यस सम्बन्धित विधेयक पहिलो पटक सन् १९९६ मा ल्याइएको थियो । तर पारित हुन सकेको थिएन ।
 


कस्तो लाग्यो ?

यो पनि