बैशाख २६, २०८१, बुधबार
               

भारतीय कुटनीतिज्ञलाई क्यानडामा देश निकाला

नेपाल फ्ल्यास
असोज ०२, २०८०

ADVERTISEMENT

क्यानडाले एक जना शिख नेताको हत्या आरोपमा भारतका एक जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ । विदेशमन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कुटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिए पनि थप विवरण भने आउन सकेको छैन । 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिजो संसदमा सम्बोधन गर्दै भारत सरकारका एजेन्टले गएको जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको टिप्पणी गरेका थिए । साथै उनले भारतमा हालै सम्पन्न जी–२० शिखर सम्मेलनका बेला आफूले यो मुद्दा प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको पनि जानकारी दिएका थिए । 

यो आरोपको भने भारतले ठाडै खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न नरहेको दाबी गरेको बीबीसी हिन्दीमा उल्लेख छ । क्यानडामा भारतीय मूलका १४ ला भन्दा धेरै नागरिक रहेको अनुमान छ । त्यीमध्ये धेरैजसो शिख समुदायका छन् ।

क्यानडाले भारतीय कुटनीतिज्ञलाई निष्कासन गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि