बैशाख २५, २०८१, मंगलबार
               

सुडानको राजधानी खार्तुममा सेनाबीच भिडन्त: १८ तले ऐतिहासिक भवनमा आगलागी

नेपाल फ्ल्यास
असोज ०१, २०८०

ADVERTISEMENT

काठमाडौं । सुडानको राजधानी खार्तुममा दुई सेनाबीच भिडन्त भएको छ । भिडन्तका कारण राजधानी खार्तुममा रहेको १८ तले ऐतिहासिक भवनमा आगलागी भएको छ । नाइल नदीको छेउमा रहेको प्रतिष्ठित ग्रेटर नाइल पेट्रोलियम आयल कम्पनीको टावरमा आगो लागेको हो । 

आगलागीमा घाइते भएका वा कसैले ज्यान गुमाएको भनने बारेमा अहिलेसम्म कुनै रिपोर्ट प्राप्त नभएको बीबीसीमा उल्लेख छ । गएको अप्रिलदेखि खार्तुम र अन्य सहरमा हवाई हमला र लडाइँ हुँदै आएको छ । त्यहाँ १० लाखभन्दा धेरै मानिस देश छोड्न बाध्य भएको राष्ट्रसंघको भनाइ छ । 

सुडानी सेना र अर्धसैनिर्क यापिड सपोर्ट फोर्स (आरएसएफ) का नेताहरू बीचको शक्ति संघर्षबाट सुरु भएको लडाइँ हिँसात्मक बन्दै गएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि