बैशाख २५, २०८१, मंगलबार
               

युनेस्कोको विश्व सम्पदा सूचीमा अटायो पश्चिम बङ्गालको शान्तिनिकेतन सहर

नेपाल फ्ल्यास
असोज ०१, २०८०

ADVERTISEMENT

काठमाडौं । भारतको पश्चिम बङ्गालमा रहेको शान्तिनिकेतन सहर युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएको छ । साउदी अरबमा सम्पन्न विश्व सम्पदा समितिको ४५औँ अधिवेशनले शान्तिनिकेतन सहरलाई विश्व सम्पदा सूचीमा समावेश गरेको युनेस्कोले सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरमा उल्लेख गरेको छ । सन् १९०१ मा कवि तथा दार्शनिक टैगोरद्वारा स्थापित, शान्तिनिकेतन प्राचीन भारतीय परम्पराहरूमा आधारित एक आवासीय विद्यालय र कलाको केन्द्र तथा धार्मिक र सांस्कृतिक एकताको केन्द्रका रुपमा रहेको छ ।

सन् १९२१ मा शान्तिनिकेतनमा विश्व विश्वविद्यालयको स्थापना गरिएको थियो । त्यहाँ प्राचीन, मध्ययुगीन र लोक परम्पराहरूको समष्टिगत चित्रण भेटिने समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि