बैशाख १७, २०८१, सोमबार
               

दुई अमेरिकी कुटनीतिज्ञलाई रुसद्वारा निष्कासन

नेपाल फ्ल्यास
भदौ २९, २०८०

ADVERTISEMENT

रुसले दुई जना अमेरिकी कुटनीतिज्ञलाई निष्कासन गरेको छ ।  उनीहरुलाई सात दिनभित्र रुस छोड्न समेत आदेश दिइएको छ ।

उनीहरुलाई अवैध गतिविधिमा संलग्न रहेको भन्दै निष्कासन गरिएको रुसले जनाएको छ । मस्कोमा रहेको अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ । 

अमेरिकाले भने रुसको यो निर्णयको भर्त्सना गर्दै रचनात्मक कुटनीतिक संलग्नतामा द्वन्द्व निम्त्याएको टिप्पणी गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरलले रुसी निर्णयका लागि मस्कोलाई उचित जवाफ दिने बताएका छन् ।  
 


कस्तो लाग्यो ?

यो पनि