बैशाख २५, २०८१, मंगलबार
               

बाढीका कारण लिबियामा २० हजार जनाको ज्यान गयो

नेपाल फ्ल्यास
भदौ २८, २०८०

ADVERTISEMENT

लिबियामा बाढीका कारण २० हजार जनाको ज्यान गएको सरकारी अधिकारीको आशङ्का छ । 

अचानक आएको बाढीका कारण झन्डै २० हजार जना मानिसको ज्यान गएको अनुमान गरेको लिबियाको डेर्ना सहरका मेयरले बताएको बीबीसीमा उल्लेख छ ।  अहिलेसम्म पाँच हजार पाँच सय जनाको शव भेटिएको छ ।

गत आइतवार आएको विनाशकारी बाढीले देशको पूर्वी क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बन्दरगाह सहर डेर्नाका मेयरले साउदी न्युज च्यानल अल–अरेबियालाई दुई वटा बाँध भत्किएर आएको बाढीमा झन्डै १८ देखि २० हजार मानिसको ज्यान गएको अनुमान गरेको बताएको खबरमा उल्लेख गरिएको छ । 

मानिसहरू सुतिरहेको समयमा सुनामी जस्तै गरेर ठूलो बाढी आएको थियो । धेरै शव अझै पनि भग्नावशेषमुनि वा समुद्रमा पुरिएका छन् । यसका कारण रोग सर्ने जोखिम पनि उत्तिकै बढेको छ । 

यसैबीच, लिबियाका धेरै छिमेकीले उद्धार टोली र मानवीय सहायता सामग्री पठाउन थालेका छन् । लिबियाका बाढी पीडितलाई सघाउन संयुक्त राष्ट्र सङ्घले तत्काल एक करोड अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि