बैशाख २४, २०८१, सोमबार
               

भूकम्प प्रभावित मोरक्कोमा उद्धारमा कठिनाइ

नेपाल फ्ल्यास
भदौ २५, २०८०

ADVERTISEMENT

भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा निकै कठिनाइ भएको छ । धेरै जसो स्थानमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएका खबर आएको तर, उद्धारमा मुस्किल भइरहेको उद्धारकर्मीले बताएका छन् ।

ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही जीवितै रहेका पनि अनुमान गरिएको छ । तर, भूकम्प अति प्रभावित ठाउँमा उद्धारकर्मीसँगै रातहका सामग्री पठाउन कठिनाइ भइरहेको बीबीसीमा उललेख छ ।  ग्रामीण क्षेत्र जाने कतिपय सडक भूकम्पका कारण भत्किएका छन् । यसले प्रभावित क्षेत्रसम्म पुग्न झनै समस्या भएको छ । भूकम्पको केन्द्रबिन्दु मराकेशबाट ७५ किलोमिटर टाढा पहाडी क्षेत्र हाइ एट्लस माउन्टेन्समा रहेको खबरमा उल्लेख छ ।

भूकम्प पछि धेरै मानिस खुल्ला आकाशमुनि बस्न बाध्य छन् । गत शुक्रवार राति गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पको असर माराकेशसहित अन्य धेरै सहरहरुमा परेको छ । यस्तै, दुर्गम पहाडी इलाकामा पूरै गाउँहरू नै ध्वस्त भएका विवरण सार्वजनिक भएका छन् ।

भूकम्पमा परेर दुई हजार एक सय २२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने दुई हजार चार  सयभन्दा धेरै घाइते भएका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि