बैशाख २४, २०८१, सोमबार
               

मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प
२ सय ९६ जनाको ज्यान गयो

नेपाल फ्ल्यास
भदौ २३, २०८०

ADVERTISEMENT

मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा २ सय ९६ जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।भूकम्पबाट कम्तीमा एक सय ५३ जना घाइते भएका छन् । अहिले उनीहरूको उपचार भइरहेको छ । भूकम्प प्रभावित क्षेत्रमा खोजी र उद्धारका काम पनि संगसंगै भैरहेका छन् । भूकम्पको केन्द्रबिन्दु ‘हाइ एट्लस माउन्टेन्स’ रहेको र यो माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ । स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको हो । त्यसको १९ मिनेटपछि ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको थियो । ज्यान गुमाउनेमा माराकेस र त्यहाँबाट दक्षिणका क्षेत्रमा रहेका मानिस रहेका बीबीसीले जनाएको छ ।माराकेशको पुरानो शहरका कतिपय भवनहरू ध्वस्त भएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि