बैशाख २४, २०८१, सोमबार
               

क्यालिफोर्निया जातीय भेदभावमाथि प्रतिबन्ध लगाउने पहिलो राज्य

नेपाल फ्ल्यास
भदौ २२, २०८०

ADVERTISEMENT

अमेरिकामा विधानसभाबाट जातको आधारमा हुने भेदभावलाई दण्डनीय अपराध ठहर गर्ने विधेयक पारित गर्ने क्यालिफोर्निया पहिलो राज्य बनेको छ ।

क्यालिफोर्निया राज्यको पछिल्लो कदमले जातको आधारमा भेदभाव हुने गरेको गुनासो गर्दै आएका दक्षिण एसियाली मूलका ब्यक्तिलाई सुरक्षा प्रदान गर्ने आशा गरिएको छ ।

राज्यको विधानसभाले पारित गरेको यो विधेयकमा हस्ताक्षर गरेर अब त्यसलाई कानुनको रूप दिने कि नदिने भन्ने निर्णय राज्यका गभर्नरले गर्नुपर्ने हुन्छ । गएको फेब्रुअरीमा जातीय विभेदमा प्रतिबन्ध लगाएर सियाटल त्यस्तो नियम बनाउने पहिलो सहर बनेको थियो ।

क्यालिफोर्निया राज्यका डेमोक्र्याट गभर्नर ग्याभिन न्युसमको कार्यालयले विधेयक आफ्नो टेबलमा आएपछि त्यसको समीक्षा गर्ने बताएको बीबीसीमा उल्लेख छ । केही हिन्दु समूहले जातीय प्रणाली उत्तरी अमेरिकामा गम्भीर मुद्दाको रूपमा नरहेको दाबी गर्दै आएका छन् ।

केही दलित अधिकारकर्मीले त्यस्तो दाबीलाई अस्वीकार गर्दै आफूहरूले परम्परागत रूपमा विशेष सुविधा पाउँदै आएका भनिने समुदायका मानिसबाट भेदभावको सामना गर्नुपरिरहेको बताउदै आएका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि