बैशाख २०, २०८१, बिहीबार
               

१ सय ६० केजीकी महिला खाटबाट लडिन्, उठाउन दमकलको सहायता

नेपाल फ्ल्यास
भदौ २१, २०८०

ADVERTISEMENT

एक महिला खाटबाट लडेपछि उनलाई उठाउन भारतको महाराष्ट्रमा उनका परिवारले दमकल विभागलाई गुहारेका छन् । महाराष्ट्र राज्यको ठाणेमा १ सय ६० केजी तौल भएकी बिरामी महिला खाटबाट लडेपछि उनलाई उठाउनका लागि उनका परिवारले दमकल विभागको सहयोग लिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । 

 ६२ वर्षीया महिला बिरामी भएका कारण बाहिर आउने–जाने गर्न सक्दिन थिइन् । आज बिहान ८ बजेतिर ती महिला खाटबाट लडेकी थिइन् ।

परिवारले उनलाई उठाउने कोसिस गरे, तर उठाएर खाटमा राख्न नसकेपछि दमकल विभागलाई यो घटनाको जानकारी दिएको खबरमा उल्लेख छ । सूचना पाएपछि दमकल विभाग घरमै पुगेर ती महिलालाई उठाएर खाटमा राखेका थिए ।

यद्यपि यस घटनाको क्रममा महिलालाई कुनै चोट भने लागेको छैन । क्षेत्रीय विपद् व्यवस्थापनले यस घटनाबारे भनेको छ– ‘हामीलाई विभिन्न प्रकारका फोन आउने गरेको छ, तर यो घटना असामान्य थियो ।’


कस्तो लाग्यो ?

यो पनि