बैशाख २४, २०८१, सोमबार
               

बलुचिस्तानमा पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना:तीन जनाको ज्यान गयो

नेपाल फ्ल्यास
भदौ १९, २०८०

ADVERTISEMENT

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन जना सदस्यको ज्यान गएको छ । बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानका क्रममा नौसेनाको हेलिकप्टर हिजो दुर्घटना भएको थियो ।

प्राविधिक गडबडीका कारण हेलिकप्टर  दुर्घटना भएको सेनाको प्रारम्भिक अनुसन्धानले जनाएको समाचार संस्था एएफपीमा उल्लेख छ । सी किङ विमान उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । इन्जिनमा आगो लागेको थियो ।

गएको वर्ष सेप्टेम्बरमा खोस्टमा हेलिकप्टर दुर्घटना हुँदा ६ जना सैनिकको ज्यान गएको थियो भने एक महिनाअघि पनि बलुचिस्तानमा बाढीपीडितको उद्धार तथा राहतमा परिचालित सेनाको हेलिकप्टर दुर्घटना हुँदा एक जना वरिष्ठ सैनिकका साथै अन्य ६ जनाले ज्यान गुमाएका थिए । 
 


कस्तो लाग्यो ?

यो पनि