बैशाख २४, २०८१, सोमबार
               

उच्च अदालतबाट निलम्बन भयो पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको जेल सजाय

नेपाल फ्ल्यास
भदौ १२, २०८०

ADVERTISEMENT

पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजाय पाकिस्तानको एक अदालतले निलम्बन गरेको छ ।

इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खानलाई यसअघि सुनाइएको तीन वर्षको जेल सजाय निलम्बन गर्न आदेश दिएको छ । प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त उपहार बेचेको लगायत मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो । त्यो निर्णयले उनलाई पाँच वर्षका लागि आम निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था समेत गरेको थियो । 

मुख्य न्यायाधीश आमिर फारुक र न्यायाधीश तारिक महमूद जहाँ–गिरीको इजलासले इस्लामाबादको ट्रायल कोर्टको निर्णय उल्ट्याएको हो । साथै उच्च अदालतले खानलाई रिहा गर्न पनि आदेश दिएको अदालतको आदेश दिए पनि खान आज नै रिहा हुने सम्भावना भने कम रहेको बताइएको छ ।

७० वर्षीय खानलाई अर्को मुद्दामा पुनः जेल पठाउने प्रपञ्च हुनसक्ने आशङ्का उहाँका वकिलहरूले गरेका छन् । विपक्षी दलका धेरैले नेताले खानको पक्षमा फैसला नआउने विश्वास गरेका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि