बैशाख २४, २०८१, सोमबार
               

मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि जिम्बावेको राष्ट्रपतिमा निर्वाचित

नेपाल फ्ल्यास
भदौ १०, २०८०

ADVERTISEMENT

जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कुल मतको ५२ दशमलव ६ प्रतिशत मत प्राप्त गरेपछि उनि दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएको जिम्बावे निर्वाचन आयोगले घोषणा गरेको छ । 

आयोगका अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३—२४ को चुनावमा मनाङ्गाग्वाले अरु १० जना राष्ट्रपतिका प्रतिद्वन्द्वीलाई पराजित गरेको बताए । मनाङ्गाग्वाका प्रमुख प्रतिष्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिशन चेन्ज ९सीसीसी० का नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गरेका छन् । 

जिम्बावेको कानुनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । जिम्बावेमा गएको बुधवार र बिहीवार मतदान भएको थियो । मनाङ्गाग्वाको सत्तारुढ जानुपीएफ पार्टीले संसदीय सिटको बहुमत हासिल गरेको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि