बैशाख २४, २०८१, सोमबार
               

दक्षिण अफ्रिकाको जोहानेस बर्गमा ब्रिक्सको तीन दिने शिखर बैठक
साउदी अरेबिया, यूएईसहित ६ वटा देश ब्रिक्समा सामेल हुने

नेपाल फ्ल्यास
भदौ ०७, २०८०

ADVERTISEMENT

विकासशील राष्ट्रहरूको समूह (ब्रिक्स)  मा थप छ वटा देशले प्रवेश पाउने भएका छन् । दक्षिण अफ्रिकाको जोहानेस बर्गमा भइरहेको ब्रिक्सको तीन दिने शिखर बैठकले साउदी अरेबिया, इरान, इथियोपिया, इजिप्ट, अर्जेन्टिना र संयुक्त अरब इमिरेट्स लाई सामेल गराउने भएको छ । 

नयाँ देशहरू आउँदो अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२४ देखि औपचारिक रूपमा ब्रिक्सको सदस्य बन्ने दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाले बताएको समाचार संस्था रोयटर्समा उल्लेख छ । अहिले ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् । ४० वटाभन्दा धेरै देशले ब्रिक्सको सदस्य बन्न चासो देखाएकोमा २२ वटा देशले त औपचारिक रूपमा लिखित अनुरोध नै गरेका छन् ।

विश्वको कुल जनसङ्ख्याको ४० प्रतिशत र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को एक चौथाइ भाग ओगट्ने भए पनि ब्रिक्सले विश्वका प्रमुख मुद्दामा प्रभावकारी भूमिका खेल्न नसकेको भनेर आलोचना भइरहेको बेला यसलाई थप बलियो बनाउने प्रयासलाई महत्त्वका साथ हेरिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि