बैशाख २४, २०८१, सोमबार
               

निर्माणाधीन रेल्वे पुल भत्किँदा १७ जनाको ज्यान गयो
प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले मृतकका परिवारलाई दुई लाख भारु क्षतिपूर्ति दिने

नेपाल फ्ल्यास
भदौ ०६, २०८०

ADVERTISEMENT

भारतको मिजोरममा आज बिहान निर्माणाधीन रेल्वे पुल भत्किँदा कम्तीमा १७ जना मजदुरको ज्यान गएको प्रहरीले उल्लेख गरेको छ । 

प्रहरीका अनुसार यो घटना मिजोरम राज्यको राजधानी आइजलबाट झन्डै २० किलोमिटर टाढा सैराङ क्षेत्रमा भएको हो । दुर्घटनामा घाइते भएकाहरूका पूर्ण विवरण आउन भने बाकी नै रहेको प्रहरीले जनाएको छ । 

यसैबीच, घटनास्थलमा खोज तथा उद्धार जारी रहेको जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले मृतकका परिवारलाई दुई लाख भारु क्षतिपूर्ति दिइने जनाएको छ । प्रधानमन्त्री मोदीले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि